शनिबार, असार १४,२०८२ 06:13:55
  • शनिबार, असार १४,२०८२ 06:13:55
Global IME Bank Limited

भारत र जापानको सेयर बजारमा भारी गिरावट,चिनियाँ बजारमा भने उछाल

Hyundai Nepal
भारत र जापानको सेयर बजारमा भारी गिरावट,चिनियाँ बजारमा भने उछाल
Nabil Bank Limited

काठमाण्डौ । भारतको सेयर बजारमा आज भारी गिरावट आएको छ । आज भारतको सेयर बजार मापक सेन्सेक्स इन्डेक्स १.४९ प्रतिशत अर्थात १२७२ अंकले घटेको छ । यो गिरावटसँगै सेन्सेक्स इन्डेक्स ८४ हजार २९९ विन्दुमा सीमित बनेको छ ।  

यस्तै ५० वटा कम्पनीको कारोबार हुने निफ्टी५० पनि ३६८ अंकले ओरालो लाग्दै २५ हजार ८१० विन्दुमा झरेको छ । आज सेन्सेक्समा कारोबार हुने ३० वटा कम्पनीको सेयरमध्ये २५ वटा कम्पनीको सेयरमूल्यमा गिरावट आयो भने ५ वटाको मात्रै बढ्यो ।  

यस्तै निफ्टीका कारोबार भएका ५० कम्पनीमध्ये ४१ वटाको सेयरमूल्य घट्यो भने ९ वटाको मात्रै बढ्यो । आज भारतको सेयर बजारको अटो समूहमा सर्वाधिक गिरावट देखियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसअघि भारतको सेयर बजा्रले २७ सेप्टेम्बरसम्म लगातार ८ दिन अल टाइम हाईको उचाई चुमेको थियो । त्यसदिन सेन्सेक्स ८५ हजार ९७८ र निफ्टी २६ हजार २७७ विन्दुमा पुगेको थियो ।  

इरान र इजरायका बीच युद्धको सम्भावनाले यतिेबला विश्व सेयर बजारमा नगेटिभ सेन्टिमेन्टको दबदबा रहेको छ । आज जापानको निक्कीमा पनि ४.८० प्रतिशतको उच्च गिरावट आएको छ ।  

आज हङकङको हाङसेङ इन्डेक्स भने २.४३ प्रतिशत र चीनको सांघाई कम्पोजिट इन्डेक्स ८.०६ प्रतिशतले बढ्यो ।

चीनको सेयर बजार आज ३ हजार। ३३६ विन्दुमा पुगेको छ ।  

चीनको केन्द्रीय बैंकले अर्थतन्त्रलाई उकास्न हालै मात्रै आरआरआर रेसियो ५० बेसिक प्वइन्टले र ७ दिने रिभर्स रेट २० बेसिक प्वइनटले कटौती गर्ने निर्णय गरेको थियो । यसका साथै चीनले आर्थिक पुनरुत्थानकहा लागि २८४.३ अर्ब डलरबराबरको सरकारी बोन्ड जारी गर्ने योजना समेत बनाएको छ ।  

जसको सकारात्मक प्रभाव त्यहाँको सेयर बजारमा परेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.