शनिबार, असार १४,२०८२ 06:36:23
  • शनिबार, असार १४,२०८२ 06:36:23
Global IME Bank Limited

मुख्यमन्त्री बन्नुअघि चन्द्रबाबू नायडु मालामाल, सेयर बजारबाट ५ दिनमै ७८५ करोड भारु आर्जन

Hyundai Nepal
मुख्यमन्त्री बन्नुअघि चन्द्रबाबू नायडु मालामाल, सेयर बजारबाट ५ दिनमै ७८५ करोड भारु आर्जन
Nabil Bank Limited

काठमाण्डौ । हालै सम्पन्न भारतको लोकसभा निर्वाचनमा सत्तारुढ गठबन्धन एनडीएबाट निर्वाचन जितेका टीडीपी पार्टीका अध्यक्ष चन्दबाबू नायडुको परिवारको सम्पत्ति ५ दिनमै ७८५ करोड भारुले बढेको छ ।  

निर्वाचनको मतपरिणाम आएपश्चात सेयर बजारमा आएको वृद्धिका कारण चन्दबाबू नयाडुका स्वामित्वको कम्पनीको सेयरमूल्य बढ्दा उनको सम्पत्तिमा उछाल आएको हो । आन्ध्र प्रदेशको मुख्य मन्त्रीका मुख्य दाबेदार चन्दबाबू नयाडुको कम्पनी हेरिटेज फूड्स लिमिटेडको कम्पनीको सेयरमूल्यमा लगातार अपर सर्किट लागिरहेको छ । गत शुक्रबार यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६६१.२५ भारु कायम भएको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यो मूल्य कम्पनीको ५२ साताकै उच्च हो । कम्पनीको सेयरमूल्यमा पछिल्लो ३ दिन लगातार सकारात्मक सर्किट लागिरहेको छ । कम्पनीको ५२ साताको न्यूनतम मभूल्य २०६.६० भारु रहेको छ । यो कम्पनीको बजार पूँजीकरण ३ हजार ९५६ करोड भारु रहेको छ ।  

कम्पनीमा चन्द्रबाबू नायडुको परिवारको स्वामित्व ३५.७१ प्रतिशत रहेको छ । जुन ३ करोड ३१ लाख ३६ हजार भारुबराबर हुन आउँछ । यो कम्पनीमा नायडुका छोरा नारा लोकेशको १०.८२ प्रतिशत स्वामित्व छ भने भुवनेश्वरी नारा र देवांश नाराको क्रमशः२४.३७ र ०.०६ प्रतिशत स्वामित्व छ । -एजेन्सी 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.