मंगलवार, असार १७,२०८२ 06:57:05
  • मंगलवार, असार १७,२०८२ 06:57:05
Global IME Bank Limited

ब्रिटिस कलेज र बेलायतको विश्वविद्यालयबीच विद्यार्थी एक्सचेन्ज कार्यक्रम सम्पन्न

Hyundai Nepal
ब्रिटिस कलेज र बेलायतको विश्वविद्यालयबीच विद्यार्थी एक्सचेन्ज कार्यक्रम सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । द ब्रिटिस कलेज (टीबीसी)ले तेस्रो पटक स्टुडेन्ट एक्सचेन्ज कार्यक्रम सम्पन्न गरेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको टीबीसीको पार्टनर विश्वविद्यालय लिड्स बेकेट (एलबीयू)सँगको सहकार्यमा स्टुडेन्ट एक्सचेन्ज कार्यक्रम सम्पन्न गरेको हो ।

अप्रिल १९ देखि एक सातासम्म काठमाण्डौमा सञ्चालन भएको कार्यक्रममा बेलायतस्थित लिड्स बेकेट विश्वविद्यालय तथा टीबीसीमा अध्ययनरत १६ जना विद्यार्थीहरु सहभागी भएका थिए । यस पटकको स्टुडेन्ट एक्सचेन्ज कार्यक्रमको विषय ‘सामाजिक परिवर्तनको लागि आईओटी र आर्डुइनो’ रहेको थियो ।  

जस अन्तर्गत विद्यार्थीहरुले पहिरो, स्वच्छ खानेपानी, वन्यजन्तु सुरक्षा, र वनविनाश जस्ता समस्या समाधानका लागि नवीनतम प्रोटोटाइपहरु विकास गरेका थिए ।

CG Motors
Muktinath Bikas Bank Limited

यस ‘क्रस–कल्चरल टिमवर्क’मा आधारित कार्यक्रममा टीबीसीमा अध्ययनरत र लिड्स बेकेडबाट आएका विद्यार्थीहरुलाई मिलाएर टिमहरुको निर्माण गरिएको थियो । जसअन्तर्गत पहिरोको चेतावनी प्रणाली,स्मार्ट पानी गुणस्तर निगरानी प्रणाली, नाइट गार्ड प्रणाली,  र वनविनाश निगरानी एपको प्रोटोटाइप विद्यार्थीहरुले निर्माण गरेका थिए ।

कार्यक्रमको नेतृत्व एलबीयूकी डा.पूनेह बघेरी जादेह र टीबीसीका डा. रोहितराज पाण्डेले गरेका थिए । जसमा द ब्रिटिस कलेजका अन्य संकाय सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो । यस कार्यक्रमले अनुसन्धान, संयुक्त अध्यापन र डिजिटल शिक्षामा भविष्यका सहकार्यहरूबारे पनि सम्भावना अनुसन्धान गरेको छ ।

कार्यक्रमबारे प्रतिक्रिया दिँदै डा.जादेहले भने, ‘फरक–फरक संस्कृतिका विद्यार्थीहरू एकसाथ बसेर महत्वपूर्ण प्रविधिको विकास गरेको देख्दा हामी निकै प्रभावित भयौं । यो कार्यक्रमले शिक्षा र नवप्रवर्तनमा सीमाना हुँदैन भन्ने कुरा फेरि प्रमाणित गरेको छ ।’

त्यस्तै,कलेजका निर्देशक महेन्द्रराज कँडेलले भने, ‘यस कार्यक्रममा विद्यार्थी र फ्याकल्टीबीच ऊर्जा र विचारहरूको आदान प्रदान प्रेरणादायक रह्यो । यो कार्यक्रम केवल सिकाइको मात्र नभई भविष्य निर्माणको एक साझा अभियान बनेको मेरो विश्वास छ ।’

कार्यक्रमको सफल समापनसँगै दि ब्रिटिस कलेजले अन्तर्राष्ट्रिय साझेदारी विस्तार, नवप्रवर्तन प्रवद्र्धन, र विद्यार्थीहरूलाई नेतृत्वका लागि सक्षम बनाउने यात्रामा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.