बुधबार, श्रावण २७,२०८३ 09:45:13
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 09:45:13
Bizshala
Global IME Bank Limited

ब्रिटिस कलेज र बेलायतको विश्वविद्यालयबीच विद्यार्थी एक्सचेन्ज कार्यक्रम सम्पन्न

Prabhu Bank Limited
ब्रिटिस कलेज र बेलायतको विश्वविद्यालयबीच विद्यार्थी एक्सचेन्ज कार्यक्रम सम्पन्न
New Office

काठमाण्डौ । द ब्रिटिस कलेज (टीबीसी)ले तेस्रो पटक स्टुडेन्ट एक्सचेन्ज कार्यक्रम सम्पन्न गरेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको टीबीसीको पार्टनर विश्वविद्यालय लिड्स बेकेट (एलबीयू)सँगको सहकार्यमा स्टुडेन्ट एक्सचेन्ज कार्यक्रम सम्पन्न गरेको हो ।

अप्रिल १९ देखि एक सातासम्म काठमाण्डौमा सञ्चालन भएको कार्यक्रममा बेलायतस्थित लिड्स बेकेट विश्वविद्यालय तथा टीबीसीमा अध्ययनरत १६ जना विद्यार्थीहरु सहभागी भएका थिए । यस पटकको स्टुडेन्ट एक्सचेन्ज कार्यक्रमको विषय ‘सामाजिक परिवर्तनको लागि आईओटी र आर्डुइनो’ रहेको थियो ।  

जस अन्तर्गत विद्यार्थीहरुले पहिरो, स्वच्छ खानेपानी, वन्यजन्तु सुरक्षा, र वनविनाश जस्ता समस्या समाधानका लागि नवीनतम प्रोटोटाइपहरु विकास गरेका थिए ।

यस ‘क्रस–कल्चरल टिमवर्क’मा आधारित कार्यक्रममा टीबीसीमा अध्ययनरत र लिड्स बेकेडबाट आएका विद्यार्थीहरुलाई मिलाएर टिमहरुको निर्माण गरिएको थियो । जसअन्तर्गत पहिरोको चेतावनी प्रणाली,स्मार्ट पानी गुणस्तर निगरानी प्रणाली, नाइट गार्ड प्रणाली,  र वनविनाश निगरानी एपको प्रोटोटाइप विद्यार्थीहरुले निर्माण गरेका थिए ।

कार्यक्रमको नेतृत्व एलबीयूकी डा.पूनेह बघेरी जादेह र टीबीसीका डा. रोहितराज पाण्डेले गरेका थिए । जसमा द ब्रिटिस कलेजका अन्य संकाय सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो । यस कार्यक्रमले अनुसन्धान, संयुक्त अध्यापन र डिजिटल शिक्षामा भविष्यका सहकार्यहरूबारे पनि सम्भावना अनुसन्धान गरेको छ ।

कार्यक्रमबारे प्रतिक्रिया दिँदै डा.जादेहले भने, ‘फरक–फरक संस्कृतिका विद्यार्थीहरू एकसाथ बसेर महत्वपूर्ण प्रविधिको विकास गरेको देख्दा हामी निकै प्रभावित भयौं । यो कार्यक्रमले शिक्षा र नवप्रवर्तनमा सीमाना हुँदैन भन्ने कुरा फेरि प्रमाणित गरेको छ ।’

त्यस्तै,कलेजका निर्देशक महेन्द्रराज कँडेलले भने, ‘यस कार्यक्रममा विद्यार्थी र फ्याकल्टीबीच ऊर्जा र विचारहरूको आदान प्रदान प्रेरणादायक रह्यो । यो कार्यक्रम केवल सिकाइको मात्र नभई भविष्य निर्माणको एक साझा अभियान बनेको मेरो विश्वास छ ।’

कार्यक्रमको सफल समापनसँगै दि ब्रिटिस कलेजले अन्तर्राष्ट्रिय साझेदारी विस्तार, नवप्रवर्तन प्रवद्र्धन, र विद्यार्थीहरूलाई नेतृत्वका लागि सक्षम बनाउने यात्रामा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.