बुधबार, आश्विन ७,२०८३ 05:10:32
Bizshala
  • बुधबार, आश्विन ७,२०८३ 05:10:32
Bizshala
Global IME Bank Limited

दराज नेपालद्वारा ‘५.५ बेस्ट प्राइस, बेस्ट डिल’ अभियानको घोषणा

Bizshala
दराज नेपालद्वारा ‘५.५ बेस्ट प्राइस, बेस्ट डिल’ अभियानको घोषणा
New Office

काठमाण्डौ । अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले, ‘५.५ बेस्ट प्राइस, बेस्ट डिल’ अभियान घोषणा गरेको छ । ७५ प्रतिशतसम्मको छुट, निःशुल्क होम डेलिभरी र १ करोड रुपैयाँबराबरको भौचर सहितको यो विशेष अभियान वैशाख २२ देखि २६ गतेसम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ ।

अभियान अवधि भर ग्राहकहरूले सिताफिल, ब्राण्डहाउस, ह्रोटोलगायत प्रतिष्ठित ब्रान्डका बिभिन्न उत्पादनहरूमा दैनिक फ्ल्याश सेलमार्फत सबैभन्दा कम मूल्यमा विशेष छुटहरू प्राप्त गर्न सक्नेछन् । यी सीमित अवधिका अफरहरू हरेक दिन अपडेट हुने हुँदा, मौकाको उचित फाइदा उठाउनका लागि दराज नेपालले दराज एपको फ्ल्याश सेल सेक्सन नियमित हेर्ने ग्राहकहरूलाई विशेष अनुरोध गरेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

साथै, बेस्ट प्राइस ट्यागसहितका उत्पादनहरू खोजेर अझ बढी बचत गर्न सकिने कम्पनीले विज्ञप्ति मार्फत जानकारी दिएको छ । यदि कुनै ग्राहकले सोही उत्पादनलाई नेपालकै अरु कुनै अनलाइन प्लेटफर्ममा निर्धारित भन्दा सस्तो मूल्यमा फेला पारे भने, सम्बन्धित सर्तहरू पुरा भएमा दराजले मूल्यअन्तरको दोब्बर रकम फिर्ता दिने बताएको छ ।

५.५ को अर्को विशेष पक्ष भनेको, ग्राहकहरूले न्यूनतम रु. ४९९ खर्च गरी चुनिएका बिक्रेताहरुबाट उपलब्ध गरिएका उत्पादनहरूमा निःशुल्क डेलिभरी सुविधा पनि प्राप्त गर्न सकिनेछ । यसका लागि दराज एपको होम पेजमा रहेको फ्रि डेलिभरी ब्यानरमा क्लिक गरी फ्रि डेलिभरी पेजबाट भौचर संकलन गर्न सकिनेछ ।  

यस अभियानमार्फत दराज नेपालले केवल छुट र बचत मात्र नभई,आफ्ना उपभोक्तालाई उत्कृष्ट अनलाइन किनमेल अनुभव प्रदान गर्ने उद्देश्य लिएको जनाएको छ । स्वास्थ्य तथा सौन्दर्य, फेशन, अडियो तथा वेरेबल्स, फर्निचर, घर सजावट लगायत थुप्रै उत्पादन श्रेणीहरूमा आकर्षक अफरहरू अभियान अवधिभर उपलब्ध गराइनेछन् ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.