सोमबार, असार १६,२०८२ 04:25:25
  • सोमबार, असार १६,२०८२ 04:25:25
Global IME Bank Limited

दराज नेपालद्वारा ‘५.५ बेस्ट प्राइस, बेस्ट डिल’ अभियानको घोषणा

Hyundai Nepal
दराज नेपालद्वारा ‘५.५ बेस्ट प्राइस, बेस्ट डिल’ अभियानको घोषणा
Nabil Bank Limited

काठमाण्डौ । अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले, ‘५.५ बेस्ट प्राइस, बेस्ट डिल’ अभियान घोषणा गरेको छ । ७५ प्रतिशतसम्मको छुट, निःशुल्क होम डेलिभरी र १ करोड रुपैयाँबराबरको भौचर सहितको यो विशेष अभियान वैशाख २२ देखि २६ गतेसम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ ।

अभियान अवधि भर ग्राहकहरूले सिताफिल, ब्राण्डहाउस, ह्रोटोलगायत प्रतिष्ठित ब्रान्डका बिभिन्न उत्पादनहरूमा दैनिक फ्ल्याश सेलमार्फत सबैभन्दा कम मूल्यमा विशेष छुटहरू प्राप्त गर्न सक्नेछन् । यी सीमित अवधिका अफरहरू हरेक दिन अपडेट हुने हुँदा, मौकाको उचित फाइदा उठाउनका लागि दराज नेपालले दराज एपको फ्ल्याश सेल सेक्सन नियमित हेर्ने ग्राहकहरूलाई विशेष अनुरोध गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

साथै, बेस्ट प्राइस ट्यागसहितका उत्पादनहरू खोजेर अझ बढी बचत गर्न सकिने कम्पनीले विज्ञप्ति मार्फत जानकारी दिएको छ । यदि कुनै ग्राहकले सोही उत्पादनलाई नेपालकै अरु कुनै अनलाइन प्लेटफर्ममा निर्धारित भन्दा सस्तो मूल्यमा फेला पारे भने, सम्बन्धित सर्तहरू पुरा भएमा दराजले मूल्यअन्तरको दोब्बर रकम फिर्ता दिने बताएको छ ।

५.५ को अर्को विशेष पक्ष भनेको, ग्राहकहरूले न्यूनतम रु. ४९९ खर्च गरी चुनिएका बिक्रेताहरुबाट उपलब्ध गरिएका उत्पादनहरूमा निःशुल्क डेलिभरी सुविधा पनि प्राप्त गर्न सकिनेछ । यसका लागि दराज एपको होम पेजमा रहेको फ्रि डेलिभरी ब्यानरमा क्लिक गरी फ्रि डेलिभरी पेजबाट भौचर संकलन गर्न सकिनेछ ।  

यस अभियानमार्फत दराज नेपालले केवल छुट र बचत मात्र नभई,आफ्ना उपभोक्तालाई उत्कृष्ट अनलाइन किनमेल अनुभव प्रदान गर्ने उद्देश्य लिएको जनाएको छ । स्वास्थ्य तथा सौन्दर्य, फेशन, अडियो तथा वेरेबल्स, फर्निचर, घर सजावट लगायत थुप्रै उत्पादन श्रेणीहरूमा आकर्षक अफरहरू अभियान अवधिभर उपलब्ध गराइनेछन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.