शनिबार, असार १४,२०८२ 06:11:00
  • शनिबार, असार १४,२०८२ 06:11:00
Global IME Bank Limited

सानिमा रिलायन्स लाइफको नाफा र बीमाशुल्क आर्जन सामान्य बढ्यो

Hyundai Nepal
सानिमा रिलायन्स लाइफको नाफा र बीमाशुल्क आर्जन सामान्य बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८१÷८२ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको  छ ।

जसअनुसार कम्पनीको खुद नाफा ३३ करोड ७६ लाख रहेको छ । यो रकम अघिल्लो आवको तुलनामा १०.७७ प्रतिशतले बढी हो ।  

अघिल्लो आवमा कम्पनीले ३० करोड ४८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीले बीमाशुल्क आर्जन १५.८८ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ४ अर्ब १ करोड रहेको बीमाशुल्क आर्ज ४ अर्ब ६५ करोड पुगेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै अघिल्लो आवमा ५ अर्ब २२ करोड रहेको कुल आम्दानी पनि बढेर ६ अर्ब १२ करोड पुगेको छ । यो अवधिमा कम्पनीले कुल ५ अर्ब ७८ करोड रुपैयाँ खर्चिएको छ । जुन अघिल्लो आवको तुलनामा १७.४१ प्रतिशतले बढी हो ।  

कम्पनीको खुद दाबी भुक्तानी पनि ३ अर्ब ८३ करोडबाट बढेर ४ अर्ब ६९ करोड पुगेको छ । समीक्षा अवधिसम्म कम्पनीको महाविपत्ती कोषको आकार १५ करोड ३६ लाख र रिटेन्ड अर्निङ ३० करोड ९९ लाख रहेको छ ।  

यस्तै कम्पनीले तेस्रो त्रैमाससम्म ३ लाख ३४ हजार ११७ वटा बीमा पोलिसी जारी गरेको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)८.९८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११०.६०, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४९२.६० रुपैयाँ र मूल्य आम्दानी अनुपात ४६.०६ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.