काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मका अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको आम्दानी र नाफामा गिरावट आएको छ । कम्पनीले समीक्षा अवधिसम्म ७८ लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३६.७३ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ६ करोड ९६ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १४.५५ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत ८ करोड १४ लाख रुपैयाँ आर्जन गरेको थियो ।
कम्पनीको अन्य सञ्चालन खर्च ५७ लाख ९१ हजार वित्त खर्च २ करोड २ लाख र प्रत्यक्ष खर्च १ करोड रहेको छ । कम्पनीको रिजर्भको आकार १ करोड २५ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । यस्तै कम्पनीको कुल चालु सम्पत्ति ३ करोड १८ लाख र कुल चालु दायित्व ३ लाख ५८ हजार रुपेयाँ छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१.२३ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ९८.०२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४८.३५ रुपैयाँ र तरलता अनुपात ८८.९९ गुणा कायम भएको छ ।