काठमाण्डौ । नेपालको पूँजीबजारमा अहिले लगानीकर्ताहरुको संख्या ६८ लाख माथि पुगेको छ । सीडीएससीको तथ्यांक अनुसार सात प्रदेशमध्ये बागमति प्रदेशमा सबै भन्दा धेरै लगानीकर्ता रहेका छन् । बागमति प्रदेशमा २४ लाख ८० हजार ३९५ लगानीकर्ता छन् ।
त्यसैगरि, दास्रो स्थानमा कोशी प्रदेशमा १२ लाख ८५ हजार ५६४ , तेस्रो स्थानमा रहेको गण्डकी प्रदेशमा ८ लाख ७६ हजार २६ जना लगानीकर्ता रहेका छन । चौथो स्थानमा लुम्बिनी प्रदेशमा ८ लाख ४ हजार ७३४, पाँचौ स्थानमा रहेको मधेश प्रदेशमा ७ लाख ९३ हजार ५४४ जना, छैठौं स्थानमा रहेको सुदुरपश्चिम प्रदेशमा ४ लाख २१ हजार १२४ जना र सबै भन्दा कम लगानीकर्ता कर्णाली प्रदेशमा १ लाख ७७ हजार १०९ जना लगानीकर्ता रहेका छन् ।
पूँजी बजारमा कूल ६८ लाख लगानीकर्ताहरुमा २९ लाख महिला लगानीकर्ता रहेका छन् । यो संख्या कुल संख्याको करिब ४३ प्रतिशत हो । त्यसैगरि, संस्थागत लगानीकर्ताहरु पनि सबै भन्दा धेरै बागमति प्रदेशमा नै रहेका छन् । यो प्रदेशमा ६ हजार ९०९ जना संस्थागत लगानीकर्ता रहेका छन् । हाल देशभरबाट पूँजीबजारमा मात्रै कारोबार गर्ने संस्थागत लगागनीकर्ताहरुको संख्या ८ हजार ३९८ पुगेका छन् । त्यसैगरि, हाल पूँजीबजारमा ५१ जना तेस्रो लिङ्गी लगानीकर्ता रहेका छन् ।