Bizshala
  • बिहीबार, भाद्र ११,२०८३ 10:54:58
Bizshala
Global IME Bank Limited

पूँजी बजारसम्बद्ध लगानीकर्ताको संख्या बागमती प्रदेशमा सबैभन्दा धेरै, महिलाको हिस्सा ४३%

पूँजी बजारसम्बद्ध लगानीकर्ताको संख्या बागमती प्रदेशमा सबैभन्दा धेरै, महिलाको हिस्सा ४३%
New Office

काठमाण्डौ । नेपालको पूँजीबजारमा अहिले लगानीकर्ताहरुको संख्या ६८ लाख माथि पुगेको छ । सीडीएससीको तथ्यांक अनुसार सात प्रदेशमध्ये बागमति प्रदेशमा सबै भन्दा धेरै लगानीकर्ता रहेका छन् । बागमति प्रदेशमा २४ लाख ८० हजार ३९५ लगानीकर्ता छन् ।  

Bizshala
CG Motors

त्यसैगरि, दास्रो स्थानमा कोशी प्रदेशमा १२ लाख ८५ हजार ५६४ , तेस्रो स्थानमा रहेको गण्डकी प्रदेशमा ८ लाख ७६ हजार २६ जना लगानीकर्ता रहेका छन । चौथो स्थानमा लुम्बिनी प्रदेशमा ८ लाख ४ हजार ७३४, पाँचौ स्थानमा रहेको मधेश प्रदेशमा ७ लाख ९३ हजार ५४४ जना, छैठौं स्थानमा रहेको सुदुरपश्चिम प्रदेशमा ४ लाख २१ हजार १२४ जना र सबै भन्दा कम लगानीकर्ता कर्णाली प्रदेशमा १ लाख ७७ हजार १०९ जना लगानीकर्ता रहेका छन् ।

पूँजी बजारमा कूल ६८ लाख लगानीकर्ताहरुमा २९ लाख महिला लगानीकर्ता रहेका छन् । यो संख्या कुल संख्याको करिब ४३ प्रतिशत हो । त्यसैगरि, संस्थागत लगानीकर्ताहरु पनि सबै भन्दा धेरै बागमति प्रदेशमा नै रहेका छन् । यो प्रदेशमा ६ हजार ९०९ जना संस्थागत लगानीकर्ता रहेका छन् । हाल देशभरबाट  पूँजीबजारमा मात्रै कारोबार गर्ने संस्थागत लगागनीकर्ताहरुको संख्या ८ हजार ३९८ पुगेका छन् । त्यसैगरि, हाल पूँजीबजारमा ५१ जना तेस्रो लिङ्गी लगानीकर्ता रहेका छन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.