काठमाण्डौ । महालेखा परीक्षककको कार्यालयले सार्वजनिक गरेको ६२ औ प्रतिवेदनमा जलविद्युत कम्पनीमा रहेको सर्वसाधारणको लगानी जोखिममा रहेको उल्लेख गरिएको छ । कार्यालयले सर्वसाधारणको लगानी जोखिममा रहेकाले यस विषयलाई तत्काल सम्बोधन गुर्नपर्ने सुझाव दिएको छ ।
यसको साथै उक्त प्रतिवेदनमा धितोपत्र बोर्डले सेयर बजारमा हुने इन्साइडेर ट्रेडिङमा अनुगमन गर्न नसकेको पनि जनाइएको छ । महालेखाले जलविद्युत कम्पनीमा सर्बसाधारण लगानीकर्ताहरुलाई दोस्रो बजारमा सेयर खरिद गर्न प्रोत्साहन गर्ने , संस्थापकहरु सेयर बेचेर निस्कने र सो बराबरको रकम अर्को परियोजनमा सार्ने गतल परम्परा बसेको उल्लेनख गरेको छ । यस्ता विषयलाई तत्काल सम्बोधन गर्नुपर्ने पनि महालेखाले सुझाव दिएको छ ।