काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा मीना कुमारी सैजु नियुक्त भएकी छन् । गत वैशाख २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सैजुलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई सोही दिनदेखि लागू हुनेगरी रिक्त रहेको स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।