काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक चेत प्रसाद उप्रेती नियुक्त भएका छन् । आजको औपचारिक कार्यक्रममा उप्रेतीले डेप्युटी गभर्नर बम बहादुर मिश्रसँग अध्यक्षको पद तथा गोपनियताको सपथ ग्रहण गरे । यस अघि उक्त पदमा कार्यकारी निर्देशक विश्रुत थापा रहेका थिए ।
चेत प्रसाद उप्रेतीको केन्द्रिय बैंकको विभिन्न विभागमा २७ वर्ष भन्दा बढि काम गरेको अनुभव रहेको छ भने उनी त्रिभुवन विश्वविद्यालयका एमबिए डिग्री होल्डर हुन् । हाल उनी राष्ट्र बैंकको गैर बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकका रुपमा आबद्ध छन् ।
नेपाल क्लियरिङ हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।