शनिबार, श्रावण ३०,२०८३ 03:19:51
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 03:19:51
Bizshala
Global IME Bank Limited

पूँजीबजारबाट उठ्यो एकै महिनमा १.२३ अर्ब राजश्व, अघिल्लो महिनाको तुलनामा ७७% ले बढी

Prabhu Bank Limited
पूँजीबजारबाट उठ्यो एकै महिनमा १.२३ अर्ब राजश्व, अघिल्लो महिनाको तुलनामा ७७% ले बढी
New Office

काठमाण्डौ । सरकारले बैशाख महिनामा पूँजी बजारबाट १ अर्ब २२ करोड ९२ लाख ५१ हजार रुपैयाँबराबरको राजश्व संकलन गरेको छ । सीडीएससीले दिएको तथ्यांकअनुसार सरकारले संकलन गरेको यो रकम गत चैत महिनाको तुलनामा ७७ प्रतिशले बढी हो । चैत्र माहिनामा सरकारले पूँजीबजारबाट करिब ७० करोड मात्रै राजश्व संकलन गरेको थियो ।  

जसमध्ये सबैभन्दा बढी कर तिर्नेमा अल्पकालिन कारोबारी देखिएका छन् । यो अवधिमा अल्पकालिन लगानीकर्ताहरुले ६३  करोड ५० लाख रुपैैयाँ कर तिरेका छन् भने दीर्घकालिन लगानीकर्ताहरुले ३३ करोड ७१ लाख तिरका छन् ।  

CG Motors

यस अवधिमा संस्थागत लगानीकर्ताहरुले २५ करोड २३ लाख र स्टक डिलरहरुले करिब ४७ लाख  कर तिरेका छन् । गत महिना यसरी धेरै राजश्व उठ्नुको कारण पूँजीबजार चलयमान हुनु तथा प्राथमिक सेयरको निष्कासन दोस्रो बजारमा आउदा लगानीकर्ताले सेयर बेच्नु हो ।  

धितोपत्र ऐनअनुसार एक वर्ष भन्दा कम समय अवधिमा सेयर बेच्नेलाई अल्पकालिन र एक वर्षभन्दा बढी समय अवधिमा सेयर बेच्नेलाई दीर्घकालिन लगानीकर्ता भनेर छुट्टाइएको छ । जसअनुसार अल्पकालिन लगानीकर्ताले ७.५ प्रतिशत र दीर्घकालिन लगानीकर्ताले ५ प्रतिशत कर तिर्दै आएका छन् । संस्थागत लगानीकर्ताहरुले भने हाल १० प्रतिशत कर तिर्दै आएका छन् । सरकारले यसरी पूँजीबजारबाट एकै महिनमा अर्ब माथि कर उठे पछि आगामी बजेटमा करका दर हेरफेर हुन सक्ने पनि केही बजार जानकारहरुको मत रहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.