काठमाण्डौ । यो साता सर्वाधिक गुमाउने शीर्ष १० कम्पनीहरुमा अधिकांश जलविद्युत कम्पनीहरु परेका छन् । यो साता एउटै कम्पनीका लगानीकर्ताले करिब ३९ प्रतिशतसम्म गुमाएका छन् ।
यो साता त्रेहथुम पावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यो कम्पनीका लगानीकर्ताहरुले एक साताको अवधिमा ३९ प्रतिशत गुमाए ।
यस्तै, राप्ती हाइड्रो जनरल कन्सट्रक्सनका लगानीकर्ताहरुले ३८ प्रतिशत , क्रेष्ट माईक्रो फाइनान्सका लगानीकर्ताहरुले १२.५३ प्रतिशत , अपरहेवा खोलाका लगानीकर्ताहरुले ९.२७ प्रतिशत , नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताहरुले ९.२ प्रतिशत , भुगोल इनर्जीका लगानीकर्ताहरुले ६.८४ प्रतिशत र न्यादी हाइड्रोका लगानीकर्ताहरुले ६.६ प्रतिशत आर्जन गरेका छन् ।
यस्तै सानिमा जिआइसी इन्स्योरेन्सका लगानीकर्ताहरुले ६.२३ प्रतिशत, रिभर फल्स पावरका लगानीकर्ताहरुले ६.२३ प्रतिशत , र बोट्लस नेपाल (तराई)का लगानीकताहरुले ५.३९ प्रतिशत गुमाएका छन् ।
