शुक्रबार, श्रावण ८,२०८३ 03:04:45
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 03:04:45
Bizshala
Global IME Bank Limited

विद्युत विद्येयकलाई एक महिनाभित्र संसदबाट पास गर्नेगरी काम भईरहेको छ: उर्जामन्त्री खड्का

विद्युत विद्येयकलाई एक महिनाभित्र संसदबाट पास गर्नेगरी काम भईरहेको छ: उर्जामन्त्री खड्का
New Office

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले विद्युत विद्येयकलाई एक महिनाभित्र संसदबाट पास गर्नेगरी सरकारले काम गरिरहेको बताएका छन् ।  

निजी उर्जा उत्पादकहरुको संस्था (इप्पान) नेपालले सोमबार साँझ यहाँ आयोजना गरेको ‘इप्पान डेभलपर्स मिट–२०२५’ मा बोल्दै खड्काले विद्युत विद्येयकलाई चाँडो संसदबाट पास गर्नेगरी सरकारले काम गरिरहेको बताएका हुन् ।  

‘निजी क्षेत्रका समस्यालाई सम्बोधन गर्नेगरी ल्याउन लागिरहेको विद्युत विद्येयकलाई अगाडि बढाउन रातदिन नभनी काम गरिरहेका छौँ, एक महिनाभित्र संसदबाट पास हुन्छ,’– मन्त्री खड्काले भने ।  

मन्त्री खड्काले मन्त्रालयले उर्जा उत्पादनका क्रममा देखिएका बाधा व्यवधानलाई चिरेर काम गर्न लागिरहेको बताए । खडुकाले सरकारले निजी क्षेत्रलाई साथमा लिएर उर्जा क्षेत्रको विकास गर्ने भनेर २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्यलाई पुरा गर्न उर्जा उत्पादकको महत्वपूर्ण भूमिका रहेको बताए । उनले उर्जा उत्पादकका क्रममा आउनसक्ने विपत्तीका कारण हुने समस्या समाधान गर्न सरकार गम्भीर रहेको उल्लेख गरे।

उर्जामन्त्री खड्काले सरकारले ल्याएको उर्जा विकास मार्गचित्रलाई कार्यान्वयन गर्नका लागि उर्जा मन्त्रालयका सचिवको नेतृत्वमा अन्तमन्त्रालय समिति र उपसमिति गठन गरिएको स्पष्ट पारे ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.