काठमाण्डौ । सरकारले पूँजीगत लाभकर यथावत राख्ने निर्णय गरेको छ । आज संघिय संसदमा बजेट पेस गरेका अर्थमन्त्रीले पूँजीगत लाभकरमा कुनै पनि परिवर्तन नगर्ने निर्णय गरेका हुन् ।
यससँगै सेयर लगानीकर्ताहरु हर्षित भएका छन् । लामो समयदेखि लगानीकर्ताहरुले अन्तिम कर घोषणा गरेर लाभ कर घटाउने माग गरेका थिए । तर आज आएको बजेटमा पूँजीजबार सम्बन्धी लाभकरको विषयमा केही पनि उल्लेख गरिएको छैन ।
नेपाल राष्ट्रबैंकले सेयरबजारमैत्री नीति ल्याउँदा समेत यही हल्लाका कारण सेयर बजारले भनेजस्तो गति लिन सकेको थिएन ।
सरकारले आर्थिक विधेयकमार्फत पूँजीगत लाभकरको पुरानो व्यवस्था नछोएपछि बढ्ने त्रासमा रहेका सेयर लगानीकर्ताहरुमा खुशीको माहौल देखिएको छ । लामो समयदेखि लगानीकर्ताहरुले अन्तिम कर घोषणा गरेर लाभकर घटाउने माग गरेका थिए । तर आज आएको बजेटमा पूँजीबजार सम्बन्धी लाभकरको विषयमा सबै कुरा यथावत रहेका कारण केही पनि उल्लेख गरिएको छैन ।
सरकारले अल्पकालिन लगानीकर्ताहरुका लागि साढे सात प्रतिशत र दीर्घकालीन लगानीकर्ताहरुका लागि ५ प्रतिशत कर लगाउँदै आएको थियो । सरकारले संस्थागत लगानीकर्ताका लागि भने १० प्रतिशतले लाभकर लगाउने गरेको छ ।