शनिबार, जेष्ठ २४,२०८२ 03:02:57
IME remit
  • शनिबार, जेष्ठ २४,२०८२ 03:02:57
IME remit
Global IME Bank Limited

दराजद्वारा गर्मीको किनमेल लक्षित ६.६ मेगा मिड इयर सेलको घोषणा, आकर्षक छुट तथा उपहारको बहार!

Hyundai Nepal
दराजद्वारा गर्मीको किनमेल लक्षित ६.६ मेगा मिड इयर सेलको घोषणा, आकर्षक छुट तथा उपहारको बहार!
Nabil Bank Limited

काठमाण्डौ । अनलाइन किनमेल प्लेटफर्म,दराज नेपालले ६.६ मेगा मिड इयर सेलकोे घोषणा गरेको छ । मेगा मिड इयर सेलमा ८० प्रतिशतसम्मको बृहत छुट, निःशुल्क होम डेलिभरी सुविधा र १ करोड रुपैयाँबराबरका भौचरहरूको ब्यवस्था गरिएको छ । यो धमाकेदार सेल जेठ २३ गते देखि जेठ २७ गतेसम्म सञ्चालन हुने जानकारी दिइएको छ ।

६.६ मेगा मिड इयर सेलमार्फत दराजले ग्राहकहरूका लागि विभिन्न ब्रान्डहरूमा फ्ल्याट ६६ प्रतिशतसम्मको आकर्षक छुट पाउन सकिने ब्यवस्था गरेको छ । जस अन्तर्गत,प्लेटिनम ब्रान्ड पार्टनर सिताफिल, आइविबी र एंकर मार्फत ११ प्रतिशतसम्म छुट, गोल्ड ब्रान्ड नाइकमा ५० प्रतिशतसम्मको छुट र सिल्भर ब्रान्डहरू ¥होटो र न्यानो डायपर्समार्फत ४० प्रतिशतसम्मको छुटको ब्यवस्था गरिएको छ ।  

६.६ को विशेष आकर्षणका रुपमा फास्टेस्ट फिंगर फ्ल्याश सेल अभियान रहने जानकारी दिइएको छ । यस मार्फत ग्राहकहरूले मध्यरात, बिहान ८ बजे, ११ बजे, दिउँसो ३ बजे र राति ८ बजे, रु. ६ मा उपलब्ध गरिने अत्यन्तै सीमित अफरहरूमा आफ्नो सहभागिता जनाएर लाभ लिन सक्नेछन् ।  

CG Motors
Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

दराजले यसपटकको सेललाई छुटहरुका लागि अवसरका रुपमा मात्र नभइ, शानदार उपहारहरू पनि प्रदान गर्नै तयारी गरेको छ । यसका लागि कम्पनीले दुई विशेष फिचरहरु,एड टू कार्ट एण्ड विन र बाई एण्ड विनको ब्यवस्था गरेको छ । यस उपहार योजनाअन्तर्गत ६ जना भाग्यमानी विजेताहरूको छनोट गरी तिनका लागि आकर्षक पुरस्कारहरु प्रदान गरिने ब्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।

एड टू कार्ट एण्ड विनअन्तर्गत, रु. १० हजार भन्दा बढी मूल्यका सामग्रीहरू आफ्नो कार्टमा राख्ने ग्राहकहरू मध्ये ५ जना भाग्यशाली विजेताहरुको  छनौट गरिनेछ । छनोटमा परेका भाग्यशाली विजेतालाईरु. ९ हजार सम्मका उपहारहरू प्रदान गरिनेछ । त्यसैगरी, बाई एण्ड विनअन्तर्गत, कम्तीमा रु. ५ हजारको सामग्री खरिद गर्ने ग्राहकहरू मध्ये १ जना भाग्यमानी विजेतालाई रु. ५२ हजार ५ सयबराबरको ग्लेन होम अप्लायन्सेस बन्डल प्रदान गरिने ब्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ ।

Muktinath Bikas Bank Limited

बेस्ट प्राइस ट्याग भएका उत्पादनहरु कुनै उपभोक्ताले नेपालकै अरु कुनै अनलाइन प्लेटफर्ममा सस्तो मूल्यमा फेलापरेमा र निर्धारित योग्यताको मापदण्ड पुरा गरेमा ती उपभोक्ताले दराजका तर्फबाट मूल्यअन्तरको दोब्बार रकम फिर्ता पाउन सक्ने कम्पनीले जनाएको छ । यसका साथै, दराजले अनलाईन किनमेल अनुभवलाई अझ विश्वासिलो र झन्झटमुक्त बनाउने सोचका साथ सजिलो र पारदर्शी १४ दिनको रिटर्न तथा रिफन्ड प्रक्रिया पनि उपलब्ध गराउँदै आइरहेको जनाएको छ ।  

१४ दिनको रिटर्न तथा रिफन्ड पोलिसीको लाभ उठाउनका लागि उपभोक्ताले आफ्नो दराज एकाउन्टमा लग इन गर्नु पर्ने हुन्छ । त्यसपश्चात,रिटर्न ÷ रिफन्ड बटन थिचेर रिटर्न प्रक्रिया सुरू गर्नुपर्छ । फिर्ताको कारण उल्लेख गरी,  रिटर्न शिपमेन्ट टाइप चयन गर्नु पर्ने हुन्छ । लगतै, इच्छाइएको रिटर्न विकल्प चयन गरी रिटर्न तथा रिफन्डको अनुरोध गर्न सकिन्छ ।  यस प्रक्रियालाई सजिलो बनाउन दराजले ईन्स्ट्रक्शनल भिडियो पनि तयार पारी हेर्न र जानकारी लिनका लागि उपलब्ध गरेको छ ।

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.