सोमबार, फाल्गुन १२,२०८१ 01:55:40
IME remit
  • सोमबार, फाल्गुन १२,२०८१ 01:55:40
IME remit
Global IME Bank Limited

नेपालमा अर्धभूमिगत दुर्गा प्रसाईंले दिल्ली गएर भेटे विदेशमन्त्री, आरजू पनि पुगेर फर्किएको खुलासा

Hyundai Nepal
नेपालमा अर्धभूमिगत दुर्गा प्रसाईंले दिल्ली गएर भेटे विदेशमन्त्री, आरजू पनि पुगेर फर्किएको खुलासा
Nabil Bank Limited

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थामा आतंकको आगो झोसेर अर्धभूमिगत बनेका दुर्गा प्रसाईं सुटुक्क दिल्ली गएर नेपाल फर्किएका छन् ।  

सहज अवस्थामा रहेका बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध जनस्तरमा त्रास फैलाउने अराजक गतिविधिको संयोजन गरिरहेका उनलाई पक्राउ गरी कारबाही गर्नुपर्ने चौतर्फी दवाब सरकारलाई परिरहेकै समयमा उनी भने भारतीय सहयोगमा आफ्नो अभियान सञ्चालन गर्न भन्दै दिल्ली पुगेर नेपालमा फर्किएका हुन् । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

भारतीय दूतावासस्थित एक उच्च स्रोतका अनुसार राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक बचाउ महाअभियान घोषणा गरेर त्यसको स्वघोषित संयोजक बनेका प्रसाईले नयाँदिल्लीमा गएर भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटेका छन् ।  

प्रसाईं र जयशंकरबीच करिब २ घण्टा छलफल भएको उच्च स्रोतले जानकारी दिएको छ ।  

उनी गत शुक्रबार पश्चिम बंगालको बागडुगरा विमानस्थलबाट सोझै दिल्ली हानिएका थिए ।  

उनी दिल्ली गएकै समयमा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजू राणा देउवा पनि त्यहाँ पुगेकी बताइएको छ । आरजू दिल्लीमा केही नेताहरुसँग गोप्य भेटवार्ता गरी ३ दिनपछि स्वदेश फर्किएकी हुन् ।  

प्रसाई र आरजूकै भेट पनि दिल्लीमै भएको बताइन्छ ।  

दुर्गा प्रसाईले भने राजतन्त्र र हिन्दू राष्ट्र कायम गर्ने आफ्नो अभियानलाई सहयोग गर्न एस जयशंकरसँग प्रस्ताव गरेका उनी आफैंले दाबी गरेका छन् ।  

उनको अभियान पछिल्लो समय निस्क्रिय जस्तै छ । उनी आफैं पनि एनआईसी एशिया बैंक लगायतको विषयमा अनर्गल अफवाह फैलाएपछि पक्राउ परिने डरले अर्धभूमिगत अवस्थामा छन् ।  

एकातिर नेपालमा बाम गठबन्धन बनेको र अर्कोतर्फ प्रसाईले एस जयशंकरलाई भेट गरेको, त्यही बेला आरजू समेत दिल्ली पुगेर फर्किएको विषयलाई चासोका साथ हेरिएको छ । किनभने कांग्रेससहितको गठबन्धन भत्किनु एकदिनअघि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा भेट गरी एमालेसहितको नयाँ गठबन्धन नबनाउन र दिल्लीका लागि कांग्रेससहितको तत्कालीन गठबन्धन नै कम्फरटेबल रहेको बताएका थिए ।  

स्मरण रहोस्, पछिल्लोकालमा भारतले हिन्दू राष्ट्रको अभियान चलाउनेहरुलाई भित्री रुपमा सहयोग गरिरहेको पश्चिमा देशका दूतहरुले आरोप लगाउँदै आएका छन् । नेपालका बैंकहरुको अरबौं नतिरेर निक्षेपकर्तामा आतंक फैलाउँदै हिँडेका दुर्गा प्रसाईंलाई भारतको विदेश मन्त्रीले नै समय दिएर छलफल गर्नुलाई अझ अर्थपूर्ण रुपमा हेरिएको छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.