मंगलवार, असार १७,२०८२ 02:43:40
  • मंगलवार, असार १७,२०८२ 02:43:40
Global IME Bank Limited

द ब्रिटिस कलेज र कृक विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर

Hyundai Nepal
द ब्रिटिस कलेज र कृक विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर
Nabil Bank Limited

काठमाण्डौ। ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी) र थाइल्याण्डको कृक विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यलाई निरन्तरता दिँदै ब्रिटिस कलेजले थाइल्याण्डको बैंककस्थित कृक विश्वविद्यालयसँग अनुसन्धान, शैक्षिक आदानप्रदान, तथा संस्थागत विकासमा दीर्घकालीन सहकार्य गर्ने जस्ता महत्वपूर्ण शैक्षिक क्रियाकलापहरुलाई अघि बढाउने विषयमा समझदारी गरेको हो ।

समझदारी पत्रमा द ब्रिटिस कलेजको तर्फबाट कार्यकारी निर्देशक महेन्द्रराज कँडेल तथा कृक विश्वविद्यालयको तर्फबाट अन्तर्राष्ट्रिय विभाग निर्देशक डा. चनिदापा नुनुआलभुटिवोङले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा टीबीसी इन्क्युबेसन सेन्टर प्रमुख गणेश पौडेल तथा कृकको दक्षिण एशियाका लागि मार्केटिङ प्रमुख धिरजकुमार शाक्य ज्यूको पनि उपस्थिति रहेको थियो ।

CG Motors
Muktinath Bikas Bank Limited

सम्झौतापछि प्रतिक्रिया दिँदै ब्रिटिस कलेजका कार्यकारी निर्देशक कँडेलले भने  ‘आगामी पाँच वर्षका लागि मान्य हुने यो समझदारीले दुवै संस्थाबीच संयुक्त अनुसन्धान कार्यक्रम, विद्यार्थी र फ्याकल्टी एक्सचेन्ज, संयुक्त रुपमा शैक्षिक कार्यक्रमको आयोजना गर्ने तथा अन्तर्राष्ट्रिय अनुसन्धान अनुदानका लागि संयुक्त आवेदन दिने लगायतको क्षेत्रमा काम गर्ने ढोका खोलेको छ ।’

दुवै संस्थाले वैश्विक स्तरमा गुणस्तरीय शिक्षालाई प्रवद्र्धन गर्ने साझा प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, यो समझदारीलाई भविष्यमा आपसी समझदारीका आधारमा नविकरण र विस्तार गर्न सकिने द ब्रिटिस कलेजले जानकारी दिएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.