बुधबार, श्रावण २७,२०८३ 09:41:07
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 09:41:07
Bizshala
Global IME Bank Limited

द ब्रिटिस कलेज र कृक विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर

Prabhu Bank Limited
द ब्रिटिस कलेज र कृक विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर
New Office

काठमाण्डौ। ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी) र थाइल्याण्डको कृक विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यलाई निरन्तरता दिँदै ब्रिटिस कलेजले थाइल्याण्डको बैंककस्थित कृक विश्वविद्यालयसँग अनुसन्धान, शैक्षिक आदानप्रदान, तथा संस्थागत विकासमा दीर्घकालीन सहकार्य गर्ने जस्ता महत्वपूर्ण शैक्षिक क्रियाकलापहरुलाई अघि बढाउने विषयमा समझदारी गरेको हो ।

समझदारी पत्रमा द ब्रिटिस कलेजको तर्फबाट कार्यकारी निर्देशक महेन्द्रराज कँडेल तथा कृक विश्वविद्यालयको तर्फबाट अन्तर्राष्ट्रिय विभाग निर्देशक डा. चनिदापा नुनुआलभुटिवोङले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा टीबीसी इन्क्युबेसन सेन्टर प्रमुख गणेश पौडेल तथा कृकको दक्षिण एशियाका लागि मार्केटिङ प्रमुख धिरजकुमार शाक्य ज्यूको पनि उपस्थिति रहेको थियो ।

सम्झौतापछि प्रतिक्रिया दिँदै ब्रिटिस कलेजका कार्यकारी निर्देशक कँडेलले भने  ‘आगामी पाँच वर्षका लागि मान्य हुने यो समझदारीले दुवै संस्थाबीच संयुक्त अनुसन्धान कार्यक्रम, विद्यार्थी र फ्याकल्टी एक्सचेन्ज, संयुक्त रुपमा शैक्षिक कार्यक्रमको आयोजना गर्ने तथा अन्तर्राष्ट्रिय अनुसन्धान अनुदानका लागि संयुक्त आवेदन दिने लगायतको क्षेत्रमा काम गर्ने ढोका खोलेको छ ।’

दुवै संस्थाले वैश्विक स्तरमा गुणस्तरीय शिक्षालाई प्रवद्र्धन गर्ने साझा प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, यो समझदारीलाई भविष्यमा आपसी समझदारीका आधारमा नविकरण र विस्तार गर्न सकिने द ब्रिटिस कलेजले जानकारी दिएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.