आईतवार, असार २२,२०८२ 03:55:38
  • आईतवार, असार २२,२०८२ 03:55:38
Global IME Bank Limited

हालको बजार गिरावट मनोवैज्ञानिक दबाव, अफवाह र अल्पकालीन डरको परिणाम

Hyundai Nepal
हालको बजार गिरावट मनोवैज्ञानिक दबाव, अफवाह र अल्पकालीन डरको परिणाम
Nabil Bank Limited

–तारा प्रसाद फुल्लेल 

अहिलेको परिप्रेक्ष्यमा नेपालको सेयर बजार घट्नु पर्ने कुनै ठोस आर्थिक वा राजनीतिक कारण छैन । कुनै ठूलो आर्थिक संकट, बैंकिङ क्षेत्रको अस्थिरता वा विदेशी लगानीमा उल्लेखनीय गिरावट आएको छैन । महँगाई नियन्त्रणमा रहेको देखिन्छ र बैंक ब्याजदरहरूमा पनि कमि आऊनुको साथै सन्तुलनमा देखिन्छ अनि तरलता प्रसस्त छ । सरकार र नेपाल राष्ट्र बैंकबाट क्रमशः नीतिगत सुधारका निर्णय आऊँदै छन जसले सेयर बजारमा नकारात्मक प्रभाव नपर्नु पर्ने हो ।  

गिरावटको स्पष्ट कारण नदेखिँदा अफवाह फैलिन्छ, बजार बिना कारण तल जान थाल्छ, लगानीकर्तामा शंका उत्पन्न हुन्छ । यसले अफवाहलाई मलजल हुन्छ । सामाजिक सञ्जालको भूमिका बजारमा भय सिर्जना गर्ने समाचार वा अनुमानले धेरैपटक बजारको मूड बिगार्ने गर्छ । सामाजिक सञ्जालमा आएका भ्रमपूर्ण विश्लेषणले लगानीकर्ताको मनोबल घटाउँछ ।

CG Motors
Muktinath Bikas Bank Limited

जब सामान्य लगानीकर्ताले अन्य लगानीकर्ताले सेयर बेचिरहेको देख्छन्, उनीहरूले पनि नबुझी बेच्न थाल्छन् । यसले बजारलाई अस्वाभाविक रूपमा तल धकेल्न सहयोग गर्छ ।  

निष्कर्षः हालको बजार गिरावट कुनै ठोस आधारमा नभई मनोवैज्ञानिक दबाव, अफवाह र अल्पकालीन डरको परिणाम हो । यस्तो अवस्थामा दीर्घकालीन लगानी दृष्टिकोण राख्नेहरूका लागि अवसर पनि हुन सक्छ । 

( फुल्लेल सेयर लगकनीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष हुन् )

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.