शुक्रबार, श्रावण २२,२०८३ 02:34:31
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 02:34:31
Bizshala
Global IME Bank Limited

गणपति लघुवित्तद्वारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गणपति लघुवित्तद्वारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
New Office

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय पिपरा कपिलवस्तुले एक दिने केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम पिपरामा सम्पन्न गरेको छ ।

शाखाअन्तर्गत सञ्चालित केन्द्र नम्बर १०५ कि केन्द्र प्रमुख पबित्रा गैरेको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि वित्तीय संस्थाको शाखा कार्यालय भलवारीका शाखा प्रवन्धक÷कनिष्ठ अधिकृत दिपेन्द्र सापकोटा रहेका थिए । कार्यक्रममा केन्द्र प्रमुख, प्रतिनिधि, सदस्य एवं सफल व्यवसायीहरु सहित ५७ जनाको उपस्थिती रहेको थियो ।

शाखाअन्तर्गत गठन भई सञ्चालनमा रहेका केन्द्रका केन्द्र प्रमुखहरुको दक्षता अभिबृद्धी एवं समीक्षा र अन्तक्रिया गर्ने उदेश्यले बार्षिक रुपमा सञ्चालन हुने यस्ता कार्यक्रमले सकारात्मक प्रभाव पार्ने अपेक्षा लिएको शाखा प्रबन्धक तिलक प्रसाद आचार्यले जानकारी दिए ।  

साथै, उक्त कार्यक्रममा लघुवित्त कार्यक्रमको वर्तमान अवस्था, चुनौती र सुधारका विविध समसामयिक बिषयबस्तुहरु माथी समेत खुुल्ला संवाद र समाधानका विकल्पहरुमा छलफल तथा अन्तर्क्रिया भएको निज शाखा प्रबन्धकले जानकारी दिए । 

वार्षिक मुल्यांकनका आधारमा ३ वटा केन्द्रलाई सम्मान सहित पुरस्कार प्रदान गरिएको छ भने बर्षका उत्कृष्ट व्यवसायी र बचतकर्तालाई समेत सम्मान गरिएको वित्तीय संस्थाले जनाएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.