काठमाण्डौ । एसएमएस सेवा प्रदायक स्प्यारो एसएमएसले अन्तर्राष्ट्रिय महिलादिवसको अवसरमा महिला उद्यमशीलता अभियान घोषणा गरेको छ।अभियान अन्तर्गत स्प्यारोको एसएमएस मार्केटिङ प्लेटफर्ममा विशेष छुट साथै व्यक्तिगत परामर्श सेवाहरू विस्तार गरेर महिला उद्यमीहरूलाई प्रोत्साहन गरिने जनाइएको छ ।
यस अभियानअन्तर्गत महिला उद्यमीहरूले स्प्यारो एसएमएसद्वारा प्रदान गरिएको सेवाहरूमा ८० प्रतिशत सम्मको छुट पाउने छन् ।
बल्क एसएमएस मार्केटिङ साना तथा मध्यम वर्गिय उद्यम र उद्यमीहरूका लागि एक अत्यन्त आवश्यक उपकरण साबित भएको कम्पनीले जनाएको छ । यसबाट लक्षित ग्राहकहरूलाई संदेश पठाउनमा र आफ्नो व्यावसाय बढाउन सहयोग हुने कम्पनीले दाबी गरेको छ ।
स्प्यारो एसएमएसले यस अभियानमार्फत महिला उद्यमिलाई यो प्रविधिको सहज्, सरल र किफाएती पहुँच प्रदान गर्ने योजना बनाएको छ जनाएको छ ।