बिहीबार, बैशाख १७,२०८३ 06:25:23
Bizshala
  • बिहीबार, बैशाख १७,२०८३ 06:25:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आक्रस फुडको कोदो बिस्कुट पहिलो पटक अष्ट्रेलिया निर्यात

Bizshala
आक्रस फुडको कोदो बिस्कुट पहिलो पटक अष्ट्रेलिया निर्यात
Shivam Cement

काठमाण्डौ । आक्रस फुडले पहिलोपटक कोदोको बिस्कुट अष्ट्रेलिया निर्यात गर्न सफल भएको छ। अष्ट्रेलियाका लागि अधिकृत वितरक हामा ग्लोबल प्रालिबाट अष्ट्रेलियाको प्रत्येक बजार क्षेत्रमा उपलब्ध गराउने उद्देश्यले यो निर्यात सुरु गरिएको हो ।  

अहिले अष्ट्रेलियाका धेरैजसो बजारमा कोदोको बिस्कुट पाइने भएको छ । यसले नेपाली मौलिक अन्न कोदोलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्ने दिशामा महत्वपूर्ण कदम चालेको संकेत गरेको कम्पनीले जनाएको छ ।

कोदो, जसलाई अंग्रेजीमा मिलेट भनिन्छ, नेपाली समुदायमा लामो समयदेखि उच्च पोषणयुक्त, परम्परागत र बहुपयोगी अन्नको रुपमा सम्मान गरिँदै आएको छ। अघिल्लो पुस्तामा रोटी र हिँडो बनाउन प्रयोग हुने कोदोलाई आजको पुस्ताको स्वाद र जीवनशैली अनुसार बिस्कुट, कुकीज र पफमा रुपान्तरण गर्दै बजारमा ल्याइएको हो ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

अष्ट्रेलियामा बसोबास गर्ने बढ्दो नेपाली समुदायलाई आफ्नै देशको स्वादको झल्को दिलाउने उद्देश्यका साथै, स्वस्थ, दिगो र नेपाली संस्कृतिमा आधारित खाद्य विकल्प अष्ट्रेलियाली समुदायलाई चिनाउने लक्ष्यले यो पहिलो पटक निर्यात गरिएको कम्पनीको भनाई छ । स्वास्थ्यप्रति सचेत र प्राकृतिक उत्पादन मन पराउने अष्ट्रेलियाली उपभोक्ताका लागि कोदो उच्च फाइबर र आवश्यक खनिजयुक्त स्वस्थ विकल्प बन्न सक्ने विश्वास कम्पनीले गरेको ।

CG Motors
Garima Development Bank
IME remit

अष्ट्रेलियामा सकारात्मक प्रतिक्रिया प्राप्त भएपछि, कम्पनीले अब संयुक्त राज्य अमेरिका, बेलायत, जापान र मध्यपूर्व लगायतका अन्य मुलुकहरूमा पनि कोदो उत्पादन निर्यात गर्ने तयारी थालेको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X