• शनिबार, भाद्र २८,२०८२ 03:14:46
Global IME Bank Limited

'नेपाल रि'बाट धमाधम संस्थागत लगानीकर्ता बाहिरिदैँ, हिमालयन एभरेष्टले पनि बेच्यो सेयर

Hyundai Nepal
'नेपाल रि'बाट धमाधम संस्थागत लगानीकर्ता बाहिरिदैँ, हिमालयन एभरेष्टले पनि बेच्यो सेयर

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा नेपाल पुनर्बीमा कम्पनीको प्रोमोटर सेयर सर्वाधिक कारोबार भयो । कम्पनीको ५६ करोड २० लाख रुपैयाँको प्रोमोटर सेयर खरिदबिक्री भएको थियो । 

स्रोतका अनुसार संस्थापक सेयरधनी हिमालयन एभरेष्ट इन्स्योरेन्सको २० लाख कित्ता सेयर प्रतिकित्ता २८१ रुपैयाँका दरले बिक्री भएको हो । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

नेप्सेको फ्लोसिटअनुसार बिहिबार नेपाल रि इन्स्योरेन्सको प्रोमोटर सेयर कुल २० वटा कारोबार भएको छ । ब्रोकर नं. १६ प्राइमो सेक्युरिटिज प्रा.लि.बाट बिक्री भएको सेयर ब्रोकर नं. ४९ अनलाइन सेक्युरिटिज प्रा.लि.बाट खरिद भएको देखिएको छ ।  

स्रोतका अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाममा रहेको नेपाल रि ले बेचेको उक्त सेयर लक्ष्मी सनराईज बैंकले खरिद गरेको छ । यो सँगै हिमालयन एभरेष्ट इन्स्योरेन्स नेपाल पुनर्बीमा कम्पनीबाट बाहिरिएको छ ।

हालसम्म हिमालयन एरभेष्ट इन्स्योरेन्ससहित ४ वटा संस्थापक नेपाल पुनर्बीमा कम्पनीको सेयर बेचेर बाहिरिसकेका छन् । यसअघि प्रभु इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, विशाल ग्रुपले आफ्नो नाममा रहेको नेपाल रि को सेयर बिक्री गरी कम्पनीबाट बाहिरिएका थिए ।  

कम्पनीबाट धमाधम संस्थापक सेयरधनी बाहिरिंदा यसको प्रत्यक्ष असर दोस्रो बजारमा पर्न थालेको छ । बजार जानकार तथा लगानीकर्ताहरुले नेपाल रि बाट पुराना संस्थापक बाहिरिंदा कम्पनीको व्यवसाय तथा सेयरधनीलाई दिने लाभांश क्षमता घट्दै गएको अड्कल लगाउन थालेका छन् ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.