काठमाण्डौ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ गरेको छ । प्रहरीले ५३ वर्षीया भारतीय नागरिक मीना सुर्जित सिंह खेमानीलाई मंगलबार राति पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले १ किलो १५९ ग्राम सुन बरामद गरेको छ । उनी शारजाहबाट एयर अरेबियाको उडानमार्फत काठमाण्डौ आएको प्रहरीले जनाएको छ । प्रहरीले खेमानीबाट अर्धठोस अवस्थामा सुन बरामद गरेको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।