बुधबार, आश्विन १४,२०८३ 09:20:53
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 09:20:53
Bizshala
Global IME Bank Limited

पौने ५ अर्बको हकप्रदका लागि अनुमति कुर्दै ७ हाइड्रो, कुनको कति ?

Bizshala
पौने ५ अर्बको हकप्रदका लागि अनुमति कुर्दै ७ हाइड्रो, कुनको कति ?
New Office

काठमाण्डौ । पछिल्लो समय सेयरबजारमा हाइड्रो सेक्टरमा लगानीकर्ताको आकर्षण देखिएको छ । केही दिनयता हाइड्रो कम्पनीहरुको कारोबारमा उल्लेख्य बृद्धि देखिएको छ ।  

नेप्सेमा कुल ९१ वटा हाइड्रो कम्पनी सूचीकृत छन् । सूचीकृत समूहमा हाइड्रो सेक्टरका कम्पनीहरुको संख्या धेरै भएकाले पनि यो समूहको कारोबार उच्च देखिन्छ ।  

बजारमा अल्पकालीन लगानीकर्ता हाबी हुँदा धेरैले हाइड्रो कम्पनीहरु नै  छान्ने गरेको पाइन्छ । सर्ट टर्म वा मिड टर्मका लागि हाइड्रो कम्पनी नै उपयुक्त हुने लगानीकर्ताहरुको भनाई छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यतिबेला बजारमा हाइड्रो कम्पनीहरुको निकै चर्चा छ । केही हाइड्रो कम्पनीको हकप्रद सेयर आउने हल्लाले सेयरमूल्यमा समेत चलखेल भइरहेको बजार जानकारहरुको अनुमान छ ।  

नेपाल धितोपत्र बोर्डसँग हकप्रद सेयर निष्कासनको लागि अनुमति माग्ने हाइड्रो कम्पनीहरुको संख्या ७ छन् । त्यसो त केहीले विद्युत नियमन आयोगबाट हकप्रदको स्वीकृति पाएपनि धितोपत्र बोर्डमा निवेदन दिन बाँकी नै छन् ।  

तर अहिले सेबोनको पााइपलाइनमा ७ वटा कम्पनी मात्रै हकप्रद निष्कासनको स्वीकृतिको पर्खाइमा छन् । सबै हाइड्रो कम्पनीले कायम चुक्तापूँजीको शतप्रतिशत हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेका छन् ।  

७ कम्पनीले कुल ४ अर्ब ८५ करोड ७४ लाख ७१ हजार रुपैयाँ बराबरको कुल ४ करोड ८५ लाख ७४ हजार ७११ कित्ता हकप्रद निष्कासन गर्न बोर्डसँग अनुमति मागेका छन् । सबैभन्दा धेरै शिवश्री हाइड्रोले कुल १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको छ ।

 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.