शनिबार, जेष्ठ २,२०८३ 03:09:13
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 03:09:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बाढीपहिरोको दाबीमा बीमकहरुले दिए ८२.३२% भुक्तानी, सबैभन्दा बढी मोटर बीमामा

Laxmi Sunrise Bank Limited
बाढीपहिरोको दाबीमा बीमकहरुले दिए ८२.३२% भुक्तानी, सबैभन्दा बढी मोटर बीमामा
Shivam Cement

काठमाण्डौ । गत वर्ष असोज १० गतेदेखि परेको अविरल वर्षाको कारणले भएको क्षतिबाट निर्जीवन बीमा कम्पनीहरुमा १२ अर्ब रुपैयाँ भन्दा बढीको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जेठ २८ गतेसम्ममा १४ निर्जीवन बीमा कम्पनी र ४ लघुबीमा कम्पनीमा कुल १२ अर्ब २७ करोड ५७ लाख रुपैयाँको बीमा दाबी परेको हो ।  

प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले सो अवधिसम्म ४ अर्ब ८७ करोड ४२ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरिसकेका छन् । कुल ३ हजार ७१२ वटा बीमा दाबी परेकोमा बीमकहरुले सो अवधिसम्म ३ हजार ५६ वटा दाबी भुक्तानी गरिसकेका छन् ।  

दाबी संख्याको आधारमा बीमा कम्पनीहरुले ८२.३२ प्रतिशत दाबी भुक्तानी गरिसकेका छन् भने रकमको आधारमा ३९.७० प्रतिशत दाबी भुक्तानी गरेका छन् । निर्जीवन बीमा कम्पनीहरुमा सर्भेयरले क्षतिको मूल्यांकन गरेपश्चात् मात्रै कति दाबी भुक्तानी हुनुपर्ने हो त्यो तय गर्दछ ।  

Bizshala
New Office
CG Motors

संख्याको आधारमा अब बीमा कम्पनीहरुले जम्मा १७.६८ प्रतिशत बीमाको मात्रै दाबी भुक्तानी दिन बाँकी छ भने रकमको आधारमा ६०.३० प्रतिशत भुक्तानी हुन बाँकी छ । तर प्राधिकरणका अनुसार सर्भेयरले क्षतिको मूल्यांकन गरेपछि मात्रै दाबी रकम निर्धारण हुने गर्दछ । साथै दाबी परेको सबैको भुक्तानी नहुन पनि सक्ने प्राधिकरणले जनाएको  छ ।  

प्राधिकरणका बीमा कम्पनीहरुले सबैभन्दा बढी सम्पत्ति बीमाको भुक्तानी गरेका छन् । सो अवधिसम्म सम्पत्ति बीमामा १ हजार ७८७ वटा दाबी परेकोमा कम्पनीहरुले कुल १ हजार ४१५ वटा दाबीको भुक्तानी गरिसकेका छन् । सम्पत्ति बीमातर्फ ८ अर्ब ४० क रोड ३९ लाख रुपैयाँको दाबी परेकोमा कम्पनीहरुले ३ अर्ब ४४ करोड २१ लाख रुपैयाँको दाबी भुक्तानी गरेका हुन् ।  

त्यस्तै, इन्जिनियरिङ्ग तथा ठेकेदार जोखिम बीमातर्फ ३१९ वटा बराबरको २ अबै ९८ करोड ७४ लाख रुपैयाँको दाबी परेको छ । जसमा बीमकहरुले १९३ वटा दाबीको कुल ७० करोड ३० लाख रुपैयाँको बीमा दाबी भुक्तानी गरिसकेका छन् ।  

यता मोटर बीमा (सार्वजनिक र निजी दुबै)मा भने कुल १ हजार ३४३ वटा दाबी बराबरको ७७ करोड ४४ लाख रुपैयाँ बराबरको दाबी परेकोमा बीमकहरुले १ हजार २०१ वटा बीमाको कुल ६५ करोड ४९ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरिसकेका छन् । बीमा कम्पनीहरुले मोटर बीमातर्फ दाबी संख्याको आधारमा ८९.४२ प्रतिशत दाबीको भुक्तानी गरिसकेका छन् भने दाबी रकमको आधारमा ८४.५६ प्रतिशत दाबीको भुक्तानी गरिसकेका छन् ।  

यसका साथै पशुपन्छी बीमातर्फ कुल ७६ वटा बीमाको ४ करोड ५२ लाख रुपैयाँको दाबी परेकोमा बीमकहरुले ७३ वटा बीमािको ३ करोड ७१ लाख रुपैयाँको दाबी भुक्तानी गरिसकेका छन् ।  

यसका साथै सामुद्रिक बीमामा २१ वटा बीमाको १ करोड ७८ लाख रुपैयाँ, कृषि बालि बीमामा १३१ वटा बीमाको १ करोड ५ लाख रुपैयाँ र विविध बीमामा २२ वटा बीमाको ८५ लाख रुपैयाँ भुक्तानी दिइसकेका छन् ।  

कुन कम्पनीले कति दिए ?

स्रोतः बीमा प्राधिकरण 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.