बिहीबार, श्रावण २१,२०८३ 10:08:49
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 10:08:49
Bizshala
Global IME Bank Limited

एनआईसीसीआईद्वारा इटालीमा नियुक्त नेपालका मानार्थ वाणिज्यदूत पाओलो नुगारीको स्वागत

एनआईसीसीआईद्वारा इटालीमा नियुक्त नेपालका मानार्थ वाणिज्यदूत पाओलो नुगारीको स्वागत
New Office

काठमाण्डौ । नेपाल–इटाली वाणिज्य तथा उद्योग  संघ (एनआईसीसीआई) ले काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै इटालीमा नियुक्त नेपालका मानार्थ वाणिज्यदूत पाओलो नुगारीलाई स्वागत गरेको छ ।  

बैठकको उद्देश्य नेपाल–इटाली सम्बन्धलाई थप सुदृढ बनाउने र व्यापार तथा आर्थिक सहकार्यका सम्भावनाहरूको खोजी गर्नु थियो । एनआईसीसीआईका अध्यक्ष संजय अग्रवालले द्विपक्षीय सम्बन्ध मजबुत बनाउन नुगारीले पुर्याएको योगदानप्रति आभार व्यक्त गर्दै, साझा व्यापारिक हितको प्रवद्र्धनमा एनआईसीसीआईको प्रतिबद्धता दोहोर्याए ।

कार्यक्रममा नेपालका लागि इटालीका मानार्थ वाणिज्यदूत प्रतिमा पाण्डे तथा एनआईसीसी बोर्ड अफ डाइरेक्टरका सदस्यहरू पनि उपस्थित थिए ।

नुगारीले दिर्घकालीन प्रगतिको लागि दिगो सहकार्य, सांस्कृतिक आदानप्रदान, र निजी क्षेत्रको संलग्नताको महत्वमा जोड दिए ।

एनआईसीसीआई नेपाल र इटालीबीचको व्यापार, संवाद, र रणनीतिक साझेदारीलाई निरन्तर प्रवद्र्धन गर्दै जाने प्रतिबद्धतासहित अघि बढ्दैछ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.