• सोमबार, भाद्र ३०,२०८२ 08:11:41
Global IME Bank Limited

सेयर बजारमा फेरिँदै दृश्य, चिया पसलदेखि पाँचतारे होटलबाट हुन्छ खेलाडीको कारोबार

Hyundai Nepal
सेयर बजारमा फेरिँदै दृश्य, चिया पसलदेखि पाँचतारे होटलबाट हुन्छ खेलाडीको कारोबार

काठमाण्डौ । पछिल्लो समय कोभिड महामारीअघि र कोभिडपश्चात सेयर बजारको परिदृश्य बदलिएको छ । प्रथामिक बजारमा होस् वा दोस्रो बजारमा कोभिडपछि लगानीकर्ताहरुको कारोबार गर्ने परिपाटी फेरिएको छ । कोभिड अघि आईपीओमा जम्मा ४ लाख आवेदन मात्रै पर्ने गर्थे ।  

त्यसपछि कोभिडका कारण सबै क्षेत्र बन्द हुँदा सेयर बजारमा सर्वसाधारण लगानीकर्ताको आकर्षण ह्वात्तै बढ्यो । फलस्वरुप हाल आईपीओमा २२ लाख माथि आवेदन पर्न थालेको छ । त्यसैगरि दोस्रो बजारमा सेयर कारोबारको अवस्था पनि बदलिएको छ । अहिले डिम्याट खाताको संख्या ६८ लाख पुग्नै लाग्दा टीएमएस लिनेको संख्या मात्रै २५ लाख पुगेको छ ।  

केही समय पहिले एकै दिन ३० अर्बसम्म सेयर कारोबार भएको थियो । कोभिड अघि सेयर लगानीकर्ताहरु भौतिक रुपमा नै सेयर कारोबार गर्न ब्रोकर हाउस पुग्ने गर्थे । तर कोभिड पछि भने सेयर लगानीकर्ताहरु ब्रोकर हाउस भन्दा बढी सामाजिक सञ्जालमा नै भेटिन्छन् । पहिले ब्रोकरहाउसमा हुने चहलपहल अहिले ह्वात्तै घटेको देखिन्छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बिहान कारोबार समयमा पुतलीसडकका चिया पसलमा नियाल्न हो भने अधिकांश लगानीकर्ताहरु चिया पसलबाटै सेयर कारोबार गरिरहेका हुन्छन् । धेरैजसो कारोबारीहरु ग्रुप बनाएर निजी कार्यालय नै खोलेर सेयर कारोबार गरेका भेटिन्छन् । यति मात्रै नभएर केही ठूला कारोबारीहरु भने पाँच तारे होटलमा नै बसेर सेयर कारोबार गर्ने गरेको पनि छन् । ती खेलाडीहरुले एउटै कम्पनीका लाखौ कित्ता सेयर कर्नरिङ तथा सर्कुलर ट्रेडिङ गर्ने गरेको पनि छन् ।  

अहिले अनलाइन सेयर कारोबार आइसकेपछि कुनै समयमा पुतलीसडकमा मात्रै सीमित रहेको सेयर कारोबार अहिले चारकोषे झाडीबाट पनि हुन थालेको छ । यो सँगै सेयर कारोबारमा नयाँ–नयाँ खेल र खासगरि विदेशमा रहेका लगानीकर्ताहरुलाई समाजिक सञ्जालबाट प्रभावमा पारेर सेयर भिडाउने चलन पनि बढेको छ । तर पछिल्लो समय बजारमा नयाँ लगानीकर्ता नआँउदा र पुराना लगानीकर्ताले खेलाडीको खेल बुझिसके पछि ठूला खेलाडीले आफै किन्ने र आफै बेच्ने गरेको पनि बजारमा चर्चा छ । केहीले भने सामजिक सञ्जालमा ग्रुप बनाएर पैसा नै उठाएर पनि सेयर कारोबार गर्ने गरेका पनि छन् । तर यस विषयमा नियामक निकाय भने खासै चनाखो हुन सकेको पाइँदैन ।  

यो पनि हेर्नुहोस

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.