शुक्रबार, श्रावण २९,२०८३ 11:09:43
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 11:09:43
Bizshala
Global IME Bank Limited

दराजद्वारा ७.७, ‘ह्वाट द फ्ल्याश’ सेलको घोषणा

Prabhu Bank Limited
दराजद्वारा ७.७, ‘ह्वाट द फ्ल्याश’ सेलको घोषणा
New Office

काठमाण्डौ । अनलाइन शपिंग प्लेटफर्म दराज नेपालले आफ्नो बहु—प्रतिक्षित ७.७, ‘ह्वाट द फ्ल्याश’ सेलको घोषणा गरेको छ । ७० प्रतिशतसम्मको छूट, निःशुल्क डेलिभरी, र रु. ६० लाख बराबरका भौचरहरू सहित यो अभियान असार २३ (जुलाई ७) देखि असार २७ (जुलाई ११) सम्म चल्ने दराज नेपालले जनाएको छ ।  

सेल मार्फत नेपाली उपभोक्ताहरूलाई धमाकेदार किनमेल अनुभव प्रदान गर्ने लक्ष्य दराज नेपालले लिएको छ ।  

CG Motors

यस वर्षको ७.७ सेलमा स्थानिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूको आकर्षक संयोजन देख्न पाइनेछ । जारा , एचएण्डएम, एचआरएक्स र यूएस पोलो लगायतका सात प्रतिष्ठित ब्रान्डले दराजमा आफ्नो कलेक्शन प्रस्तुत गर्नुका साथै प्रत्येकले ७—७ वटा विशेष उत्पादनहरू केवल रु. ७७७ मा उपलब्ध गराउनेछन् । मामा अर्थ, भ्यान्स, कन्भर्स, नाइकी लगायतका सय भन्दा बढी अग्रणी एफएमसीजी तथा फेसन ब्रान्डहरूले फ्ल्याट ५० प्रतिशत छुट उपलब्ध गराउने छन् । यसबाहेक उपभोक्ताहरुका लागि रोमाञ्चक अनुभव प्रदान गर्ने सोचका साथ,फास्टेस्ट फिंगर फ्ल्याश सेल मार्फत छानिएका उत्पादनहरु रु. ७, रु.७७, रु. ७७७, र रु. ७,७७७ मा पाइने अफरहरू पनि उपलब्ध हुनेछन् ।  

७.७ सेलको उद्देश्य केवल छुटमा मात्र सीमित नभई नेपाली उपभोक्ताका लागि उत्कृष्ट अनलाइन किनमेल अनुभव प्रदान गर्नुपनि हो । सेलले स्वास्थ्य र सौन्दर्य, फेशन, अडियो तथा वेयरेबल्स, फर्निचर, होम डेकोर लगायत थप बिभिन्न श्रेणीमा अत्याधुनिक अफरहरूका साथ उपभोक्ताहरूलाई रोमाञ्चित बनाउने कम्पनीले आशा लिएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X