आईतवार, असार २२,२०८२ 10:14:41
  • आईतवार, असार २२,२०८२ 10:14:41
Global IME Bank Limited

दराजद्वारा ७.७, ‘ह्वाट द फ्ल्याश’ सेलको घोषणा

Hyundai Nepal
दराजद्वारा ७.७, ‘ह्वाट द फ्ल्याश’ सेलको घोषणा
Nabil Bank Limited

काठमाण्डौ । अनलाइन शपिंग प्लेटफर्म दराज नेपालले आफ्नो बहु—प्रतिक्षित ७.७, ‘ह्वाट द फ्ल्याश’ सेलको घोषणा गरेको छ । ७० प्रतिशतसम्मको छूट, निःशुल्क डेलिभरी, र रु. ६० लाख बराबरका भौचरहरू सहित यो अभियान असार २३ (जुलाई ७) देखि असार २७ (जुलाई ११) सम्म चल्ने दराज नेपालले जनाएको छ ।  

सेल मार्फत नेपाली उपभोक्ताहरूलाई धमाकेदार किनमेल अनुभव प्रदान गर्ने लक्ष्य दराज नेपालले लिएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस वर्षको ७.७ सेलमा स्थानिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूको आकर्षक संयोजन देख्न पाइनेछ । जारा , एचएण्डएम, एचआरएक्स र यूएस पोलो लगायतका सात प्रतिष्ठित ब्रान्डले दराजमा आफ्नो कलेक्शन प्रस्तुत गर्नुका साथै प्रत्येकले ७—७ वटा विशेष उत्पादनहरू केवल रु. ७७७ मा उपलब्ध गराउनेछन् । मामा अर्थ, भ्यान्स, कन्भर्स, नाइकी लगायतका सय भन्दा बढी अग्रणी एफएमसीजी तथा फेसन ब्रान्डहरूले फ्ल्याट ५० प्रतिशत छुट उपलब्ध गराउने छन् । यसबाहेक उपभोक्ताहरुका लागि रोमाञ्चक अनुभव प्रदान गर्ने सोचका साथ,फास्टेस्ट फिंगर फ्ल्याश सेल मार्फत छानिएका उत्पादनहरु रु. ७, रु.७७, रु. ७७७, र रु. ७,७७७ मा पाइने अफरहरू पनि उपलब्ध हुनेछन् ।  

७.७ सेलको उद्देश्य केवल छुटमा मात्र सीमित नभई नेपाली उपभोक्ताका लागि उत्कृष्ट अनलाइन किनमेल अनुभव प्रदान गर्नुपनि हो । सेलले स्वास्थ्य र सौन्दर्य, फेशन, अडियो तथा वेयरेबल्स, फर्निचर, होम डेकोर लगायत थप बिभिन्न श्रेणीमा अत्याधुनिक अफरहरूका साथ उपभोक्ताहरूलाई रोमाञ्चित बनाउने कम्पनीले आशा लिएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.