बुधबार, माघ १४,२०८२ 02:24:43
Bizshala
  • बुधबार, माघ १४,२०८२ 02:24:43
Bizshala
Global IME Bank Limited
Bizshala

सफ्ट्वेरिका कलेजको आयोजनामा सूचना प्रविधि प्रदर्शनी सम्पन्न

सफ्ट्वेरिका कलेजको आयोजनामा सूचना प्रविधि प्रदर्शनी सम्पन्न
Shivam Cement

काठमाण्डौ । सफ्ट्वेरिका कलेज अफ आईटी एण्ड इकमर्सले आयोजना गरेको सूचना प्रविधि प्रदर्शनी सम्पन्न भएको छ । ‘लिउँ अवसर बढाउँ क्षमता ’ भन्ने नाराका साथ सञ्चालन गरिएको सो प्रदर्शनीमा विद्यार्थीहरूले विकास गरेका सफ्टवेयर, एआई आधारित उपकरण, साइबर सुरक्षासम्बन्धी प्रणाली लगायतका सिर्जनात्मक आविष्कारहरू प्रस्तुत गरिएको थियो ।

सप्ताहव्यापी प्रदर्शनीको दौरानमा विद्यार्थी, अभिभावक, शिक्षक तथा सूचना प्रविधिमा रुचि राख्ने विभिन्न क्षेत्रका व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । प्रदर्शनीमा कलेजका विद्यार्थीहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) मा आधारित सीसी क्यामेरा, ह्याकिङबाट बच्ने सुरक्षात्मक प्रणाली, आपतकालिन अवस्थाका लागि प्रयोग गर्न सकिने ड्रोन, शैक्षिक व्यवस्थापन प्रणाली जस्ता व्यावहारिक र नविनतम प्रविधिको सफल प्रदर्शन गरेका थिए ।

Bizshala
Garima Development Bank
New Office

विद्यार्थीहरूले निर्माण गरेको ‘एआई सीसी क्यामेरा ‘सिस्टम’प्रति अभिभावकहरू एवं अवलोकनकर्ताहरुको गहिरो चासो देखिएको कलेका अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिए । उक्त प्रविधिले अनुहार पहिचान, गतिविधि विश्लेषण, र सन्देहास्पद गतिविधि भएको खण्डमा स्वचालित रूपमा सूचना दिन सक्ने क्षमता राख्दछ ।  

अध्यक्ष श्रेष्ठका अनुसार सुरक्षाका दृष्टिले उक्त सिस्टमले औद्योगिक तथा व्यवसायिक क्षेत्रमा उच्च सम्भावना बोकेको छ । उनले भने, ‘हामीकहाँ विद्यार्थीले शैक्षिक ज्ञानलाई व्यवहारिक प्रयोगमा कसरी रुपान्तरण गर्न सक्छन् भन्ने कुराको जीवन्त उदाहरण यो प्रदर्शनीले देखाएको छ ।’

अवलोकनकर्ताहरुले विद्यार्थीहरुमा रहेको नवप्रवर्तनशील सोच र प्राविधिक कौशल अव्बल रहेको बताएका थिए ।  कार्यक्रममा सहभागी अभिभावकहरूले कलेजले विद्यार्थीको सिर्जनात्मक पक्षलाई अघि ल्याउने प्रयासको प्रशंसा गर्दै यस्ता प्रदर्शनीले विद्यार्थीलाई आत्मविश्वासी र व्यवसायिक रूपमा सक्षम बनाउने विश्वास व्यक्त गरे ।

सूचना प्रविधिको क्षेत्रमा परिचित सफ्ट्वेरिका कलेज अफ आईटी एण्ड इकमर्सले हरेक वर्ष यस्ता सिर्जनात्मक गतिविधिको माध्यमबाट विद्यार्थीलाई नयाँ खोज र प्रयोगमा प्रेरित गर्दै आएको जनाएको छ । यो प्रदर्शनीले पनि नेपालको आईटी शिक्षामा निहित क्षमतालाई उजागर गर्दै देशभित्रै नवप्रवर्तन गर्न सकिने सम्भावनालाई बलियो बनाएको अध्यक्ष श्रेष्ठले बताए ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.