सोमबार, श्रावण ५,२०८२ 09:12:20
  • सोमबार, श्रावण ५,२०८२ 09:12:20
Global IME Bank Limited

दिपेन्द्र अग्रवालले चलाएका भनिएका कम्पनीहरुको सेयरमूल्यमा भारी गिरावट

Hyundai Nepal
दिपेन्द्र अग्रवालले चलाएका भनिएका कम्पनीहरुको सेयरमूल्यमा भारी गिरावट
Shivam Cement

काठमाण्डौ । सेयरबजारका चर्चित लगानीकर्ता दिपेन्द्र अग्रवाल आज प्रक्राउ परेसँगै उनका स्क्रिप्टहरु ह्वात्तै घट्न पुगेको छ । अग्रवालले चलाउँदै आएका भनिएका स्क्रिप्टहरुमा आज भारी गिरावट आएको छ ।  

विशेषगरी लो क्यापमा गनिने केही विकास बैंकहरुमा अग्रवालको ठूलो लगानी रहेको छ । उनले सामाजिक सञ्जालहरुमा समेत खुलेआम ती स्टकहरुको प्रचारप्रसार गर्दै आइरहेका छन् ।  

Muktinath Bikas Bank Limited

स्रोतका अनुसार अग्रवालको ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकमा ठूलो लगानी रहेको छ । सोमबार टोखास्थित उनको कार्यालयबाट प्रहरीले अग्रवाललाई नियन्त्रणमा लिएपनि उनले चलाउँदै आएका स्क्रिप्टहरुमा आज भारी गिरावट आएको हो ।  

जसमा ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमा लोवर सर्किट लागेको छ । यी दुबै बैंकको सेयरभाउ १० प्रतिशतले घटेको छ । ग्रीनको सेयरभाउ १३२९.६० रुपैयाँ र सप्तकोशीको सेयरभाउ ९३५ रुपैयाँ कायम भएको छ ।  

यता कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरभाउ पनि ९.९६ प्रतिशतले घटेर २११६.५५ रुपैयाँ कायम भएको छ भने सिन्धु विकास बैंकको सेयरभाउ ६.३६ प्रतिशतले घटेर ८०७.६३ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, उनले बेलाबखतमा प्रचार गरिरहने जोशी हाइड्रोको सेयरभाउ पनि आज ४.१५ प्रतिशतले घटेर ३४४ रुपैयाँ कायम भएको छ । केही समयअघि अग्रवालले खुलेआम रुपमा जोशी हाइड्रोपावरको सेयर भिडाएर उम्किन अनेकन स्टाटसहरु लेख्ने गरेका थिए ।  

पछिल्लो समय अग्रवालको एक ब्रोकर कम्पनीसँग कारोबारसम्बन्धी विवाद थियो । सोही विवादमा ब्रोकर कम्पनीले दिएको उजुरीको आधारमा धोकापूर्ण कारोबारको कसुरमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीको दाबी छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.