बिहीबार, श्रावण २१,२०८३ 08:30:23
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 08:30:23
Bizshala
Global IME Bank Limited

एआईलाई जिम्मेवारी सुम्पिदा पर्यो फसाद ! डिलिट गरिदियो कम्पनीको सबै डेटा

एआईलाई जिम्मेवारी सुम्पिदा पर्यो फसाद ! डिलिट गरिदियो कम्पनीको सबै डेटा
New Office

काठमाण्डौ । हाल विभिन्न कम्पनीहरुले डेभलपरको कठिन काममा केन्द्रीत हुन सकियोस् भन्ने अभिप्रायले एआईलाई कोडरको रुपमा काम लगाउन थालेका छन् । तर यस्तो गर्नु एउटा कम्पनीका लागि निकै भारी परेको छ ।  

सास्टर.एआईका संस्थापक तथा सीईओ जेसन लेमकिनले एक्समा एउटा पोष्ट गर्दै एआईका कारण समस्यामा परेको बताएका छन् । उनले ‘रिप्लिट’ प्लेटफर्ममा कोडिङको क्रममा भएको एउटा गम्भिर घटनाको बारेमा जानकारी दिएका छन् । उनले रिप्लिटको एआईले कसैको अनुमति बिना सम्पूर्ण डेटाबेस डिलिट गरेको बताएका छन् । यस्तै उनले एआईले आफ्नो गल्ति ढाकछोप गर्ने प्रयास समेत गरेको बताए ।

उनले रिप्लिटमा एउटा डाईरेक्टिभ फाइल बनाएको र स्पष्ट रुपमा बिना अनुमति फाइलममा कुनैपनि परिवर्तन नगर्न लेखेका थिए । यसको बाबजुद पनि एआईले उनको निर्देशनलाई नजरअन्दाज गर्दै एउटा कमाण्ड चलाएर सम्पूर्ण डेटाबेश डिलिट भएको थियो ।  

रिप्लिटको एआईले लेमकिनको निर्देशनलाई बेवास्ता गरेर डेटाबेस डिलिट गुर्नका साथै कुनैपनि रिकभरी अप्सन पनि छाडेन । लेमकिनले एआईले बिनाकुनै चेतावनी रोलब्याक गर्ने अप्सन पनि गायब बनाएको बताए ।  

यो घटनापश्चात लेमकिनले अब आफूले कहिल्यै पनि रिप्लिटमाथि भरोसा नगर्ने बताएका छन् । उनले रिप्लिट एआईको व्यवहार गलत र अस्विकार्य भएको बताएका छन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.