मंगलवार, श्रावण ६,२०८२ 11:44:50
  • मंगलवार, श्रावण ६,२०८२ 11:44:50
Global IME Bank Limited

एआईलाई जिम्मेवारी सुम्पिदा पर्यो फसाद ! डिलिट गरिदियो कम्पनीको सबै डेटा

Hyundai Nepal
एआईलाई जिम्मेवारी सुम्पिदा पर्यो फसाद ! डिलिट गरिदियो कम्पनीको सबै डेटा
Shivam Cement

काठमाण्डौ । हाल विभिन्न कम्पनीहरुले डेभलपरको कठिन काममा केन्द्रीत हुन सकियोस् भन्ने अभिप्रायले एआईलाई कोडरको रुपमा काम लगाउन थालेका छन् । तर यस्तो गर्नु एउटा कम्पनीका लागि निकै भारी परेको छ ।  

सास्टर.एआईका संस्थापक तथा सीईओ जेसन लेमकिनले एक्समा एउटा पोष्ट गर्दै एआईका कारण समस्यामा परेको बताएका छन् । उनले ‘रिप्लिट’ प्लेटफर्ममा कोडिङको क्रममा भएको एउटा गम्भिर घटनाको बारेमा जानकारी दिएका छन् । उनले रिप्लिटको एआईले कसैको अनुमति बिना सम्पूर्ण डेटाबेस डिलिट गरेको बताएका छन् । यस्तै उनले एआईले आफ्नो गल्ति ढाकछोप गर्ने प्रयास समेत गरेको बताए ।

Muktinath Bikas Bank Limited

उनले रिप्लिटमा एउटा डाईरेक्टिभ फाइल बनाएको र स्पष्ट रुपमा बिना अनुमति फाइलममा कुनैपनि परिवर्तन नगर्न लेखेका थिए । यसको बाबजुद पनि एआईले उनको निर्देशनलाई नजरअन्दाज गर्दै एउटा कमाण्ड चलाएर सम्पूर्ण डेटाबेश डिलिट भएको थियो ।  

रिप्लिटको एआईले लेमकिनको निर्देशनलाई बेवास्ता गरेर डेटाबेस डिलिट गुर्नका साथै कुनैपनि रिकभरी अप्सन पनि छाडेन । लेमकिनले एआईले बिनाकुनै चेतावनी रोलब्याक गर्ने अप्सन पनि गायब बनाएको बताए ।  

यो घटनापश्चात लेमकिनले अब आफूले कहिल्यै पनि रिप्लिटमाथि भरोसा नगर्ने बताएका छन् । उनले रिप्लिट एआईको व्यवहार गलत र अस्विकार्य भएको बताएका छन् ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.