काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद ब्याज आम्दानी बढेसँगै नाफामा सुधार आएको छ । संस्थाले गत आवको चौथो त्रेमाससम्ममा ५ करोड ११ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १४०.६३ प्रतिशतले बढी हो ।
अघिल्लो आवको चौथो त्रैमाससम्म भने संस्थाले २ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
संस्थाको खुद ब्याज आम्दानी पनि ६२.९६ प्रतिशतले बढेर १३ करोड ५२ लाख रुपैयाँ पुगेको छ । संस्थाको सञ्चालन मुनाफा पनि बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म २ करोड ५७ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा बढेर ७ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो आवको चौथो त्रैमाससम्म ३ करोड ५१ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार बढेर ८ करोड ५२ लाख रुपैयाँ पुगेको छ । संस्थाको खराब कर्जा अनुपात घटेको छ। संस्थाको खराब कर्जा अनुपात १.८२ प्रतिशतबाट घटेर १.५८ प्रतिशत पुगेको छ ।
संस्थाले समीक्षा अवधिसम्म ४६ करोड १५ लाख निक्षेप संकलन र १ अर्ब ९२ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)४१.८१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६९.६२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७२५.४६ रुपैयाँ,मूल्य आम्दानी अनुपात ५५.२२ गुणा र तरलता अनुपात २०.३९ प्रतिशत कायम भएको छ ।