शनिबार, श्रावण १०,२०८२ 02:41:59
  • शनिबार, श्रावण १०,२०८२ 02:41:59
Global IME Bank Limited

बीमकको रिस्क बेस्ड क्यापिटल र सोल्भेन्सि निर्देशिका जारी, यस्तो छ बोनस घोषणासम्बन्धी व्यवस्था

Hyundai Nepal
बीमकको रिस्क बेस्ड क्यापिटल र सोल्भेन्सि निर्देशिका जारी, यस्तो छ बोनस घोषणासम्बन्धी व्यवस्था
Shivam Cement

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले ‘रिस्क बेस्ड क्यापिटल र सोल्भेन्सि निर्देशिका, २०८२’ जारी गरेको छ । बीमा कम्पनीहरुले आफ्नो जोखिम पहिचान गरी सो अनुसारको पूँजी पर्याप्तता र स्तर कायम गरोस् भन्ने उद्देश्यका साथ प्राधिकरणले यो निर्देशिका जारी गरेको हो ।  

प्राधिकरणले २०७८ मा जोखिममा आधारित पूँजी तथा सोल्भेन्सि निर्देशिका जारी गरेको थियो । जसले नेपालको बीमा क्षेत्रलाई जोखिममा आधारित पूँजी प्रणाली ९आरबीसी फ्रेमवर्क०तर्फ लैजान आवश्यक कानूनी संरचना प्रदान गरेको छ ।  

प्राधिकरणका अनुसार यो निर्देशन बीमा बजारको वर्तमान अवस्था र त्यसलाई अघि बढाउने क्षमतालाई ध्यानमा राखेर बनाइएको छ ।  

Muktinath Bikas Bank Limited

बीमकको जोखिममा आधारित पूँजी  

जोखिममा आधारित पूँजी निर्देशिका बमोजिम बीमा कमपनीहरुसँग पर्याप्त र अवरोधरहित पूँजी स्रोत हुनुपर्ने र बीमकले आफ्नो जोखिमको प्रकृति, परिमाण र जटिलतालाई ध्यानमा राख्दै नियामकले तोकेको पूँजी कायम गर्नुपर्नेछ ।  

साथै बीमा कम्पनीको समग्र वित्तीय अवस्थामाथि सम्बन्धित महत्वपूर्ण जोखिमहरुको मूल्यांकन गर्दा टोटल ब्यालेन्स्ड सिट बमोजिम गरिनेछ । यसका साथै जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको जोखिममा आधारित पूँजी आरबीसी फ्रेमवर्क बमोजिम प्रकोपजन्य तथा सञ्चालनजन्य जोखिमहरुका लागि पूँजी शुल्कहरु प्राधिकरणले तोकेबमोजिम हुनेछ ।  

प्रकोपजन्य जोखिमहरु अन्तर्गत, भूकम्प, बाढी, पहिरो, आँधीहुरी र असिना जस्ता जोखिमहरु पर्न आउछन् र यसलाई प्रकोप मोडलिङको आधारमा छुट्टै कम्पोनेन्ट्सको रुपमा जोखिममा आधारित पूँजी अन्तर्गत मूल्याङ्कन गरिनेछ ।  

बोनस सम्बन्धी घोषणा

जीवन बीमा कम्पनीहरुले बोनस घोषणा गर्नका लागि टेक्निकल रिजर्भ प्रयोग गर्न पाउनेछन् । तर बीमकहहरुले प्राधिकरणले तोकेको दायित्व र मार्जिन कायम गर्नुपर्नेछ । साथै बीमकहरुले कुनै खालको ट्रान्जेक्सनल प्रोभिजन बिना नै बोनस घोषणा गर्न पाउनेछन् ।  

साथै प्राधिकरणले बीमितहरुको लागि बोनस गणना बीमकको कोषहरुको आधारमा गर्नेछ । बीमकहरुको एक्चुरी भ्यालुएसपछिको बचत तथा कोषको आधारमा ट्रयान्जक्सनल प्रोभिजन गरेर बाँकी भएको कोषको आधारमा नै बीमितहरुको लागि बोनस तय हुने प्राधिकरणले जनाएको छ । तर बीमकहरुले नियुक्ति गरेको एक्चुरीले घोषणा गरेको बोनस भने दिगो हुनेपर्नेछ ।  

साथै बीमितहरुलाई प्रदान गर्ने बोनस रेट एक्चुरी भ्यालुएसनको रिर्पोट प्राधिकरणबाट स्वीकृत भएपछि प्रतिवेदन वर्षको पहिलो दिनदेखि लागू हुनेछ ।  

साथै बीमकहरुको नयाँ बोनसदर प्राधिकरणबाट स्वीकृत नभएसम्म अस्थायी बोनस नै कायम गर्नुपर्नेछ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.