काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले ७ लाख ५ हजार ९५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि उक्त सेयर आम सर्वसाधारणका लागि बिक्रीमा राखेको हो ।
पहिलो चरणअन्तर्गत उक्त सेयरहरु बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएकोमा कुनै आवेदन प्राप्त नभएकाले आम सर्वसाधारणका लागि बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।
यसर्थ इच्छुक व्यक्ति तथा संगठित संस्थाले सेयर खरिदका लागि साउन २३ गतेसम्म बिक्री प्रबन्धक एनएमबी क्यापिटलका आईपुग्ने गारी आवेदन पेश गर्नु पर्नेछ ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १९० रुपैयाँ निर्धारण गरिएको छ । लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ ।