आईतवार, असार १४,२०८३ 02:23:44
Bizshala
  • आईतवार, असार १४,२०८३ 02:23:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पिपुल्स पावरको हकप्रद खरिदका लागि आवेदन दिने म्याद थप

Laxmi Sunrise Bank Limited
पिपुल्स पावरको हकप्रद खरिदका लागि आवेदन दिने म्याद थप

काठमाण्डौ ।  पिपुल्स पावर लिमिटेडको हकप्रद सेयर खरिदका लागि आवेदन दिने म्याद थप गरिएको छ । साउन ११ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएकोमा अब यो हकप्रद खरिदका लागि साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ  

कम्पनीले गत असार २२ गतेदेखि हाल कायम चुक्तापूँजी ६३ करोड २६ लाख रुपैयाँबराबरको ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा रु।१०० अंकित दरका ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयरको बिक्री आवेदन खुलाएको थियो ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत असार २ गते एकदिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, असार १ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।  

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।  

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ २ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।  लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलका साथै प्रभु बैंकको इलाम, जाउलाखेल,वीगञ्ज,पोखरा, बुटवल,सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।  

यसैगरी, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा  ‘मेरो सेयर’ बाट समेत आवेदन दिन सक्नेछन्। हकप्रदबाट प्राप्त रकम नबिल बैंकको ऋण भुक्तानी गर्नका लागि उपयोग गरिनेछ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.