बुधबार, बैशाख १६,२०८३ 12:58:14
Bizshala
  • बुधबार, बैशाख १६,२०८३ 12:58:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सानिमा रिलायन्सको ‘स्टार एजेन्सी मिट २०८२’ सम्पन्न

Bizshala
सानिमा रिलायन्सको ‘स्टार एजेन्सी मिट २०८२’ सम्पन्न
Shivam Cement

काठमाण्डौ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले आव २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ताहरूलाई पुरस्कृत गर्नुका साथै प्रदेशस्तरिय प्रोत्साहनको कार्यक्रम स्टार एजेन्सी मिट २०८२ सम्पन्न गरेको छ।

बनेपा, चाबहिल, कौशलटार र पाटन क्षेत्रका अभिकर्तामध्ये प्रथमबीमा शुल्क संकलन, बीमालेख संख्या र टिम ब्यबसाय विधामा उत्कृष्ट ३ भित्र पर्न सफल स्टार एजेन्सीहरूलाई विशेष सम्मान गरिएको कम्पनीले जनाएको छ ।  

कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले जीवन बीमा ब्यबसायमा बीमा सल्लाहकारहरुको महत्व र अपरिहार्यतामाथि प्रकाश पार्दै कार्यक्रमबाट सिकेका कुराहरुलाई व्यवहारमा उतारेर यस वर्ष कम्पनीलाई अझै नयाँ उचाईमा पुराउनुपर्ने बताए। साथै, कम्पनीले आव २०८१/८२ मा रु ७००ं करोडको बीमाशुल्क संकलन गर्न सफल भएकोमा सम्पूर्ण अभिकर्ताहरुलाई धन्यवाद ज्ञापन पनि गरे।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

 कम्पनीका प्रमुख व्यवसाय अधिकृतहरूले अभिकर्ताहरूलाई आवश्यक सीप र कलाको बारेमा प्रस्ट परेका थिए । कार्यक्रममा क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर र शाखा प्रमुखसहित ७०० भन्दा बढी अभिकर्ताहरूको उपस्थिति रहेको थियो।

त्यस्तै कौशलटार रिजनका उत्कृष्ट एजेन्सी म्यानेजर नमिता न्यौपाने, चाबहिल रिजनका रण बहादुर तामाङ्ग, बनेपा रिजनका नारायण बहादुर गुरुङ्ग र पाटन रिजनका योगेन्द्रम हर्जनले आफूहरु उत्कृष्ट १ मा पर्न गरेको मेहनतको चर्चा गर्दै यसवर्ष पनि उक्त पदलाई यथावत राख्ने लक्ष्य रहेको र त्यसैअनुरुप योजनासहित काममा परिचालित भएको बताए। कार्यक्रम ज्ञानबर्द्धक बनाउनका लागि नेपालका प्रख्यात स्पिकर सुदिप बस्नेतलाई आमन्त्रित गरिएको थियो ।उनले बिक्री कलाका लागि अति उपयोगी बानीको आवश्यकता र महत्त्वका बारेमा चर्चा गरेका थिए।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X