काठमाण्डौ । यो साता सेयर बजार ६०.०१ अंकले घट्यो । यो साता सेयर बजार घटेतापनि केही कम्पनीका लगानीकर्ताले भने राम्रो आर्जन गरेका छन् ।
एक साताको अवधिमा ट्रेड टावरका लगानीकर्ताहरु सर्वाधिक कमाएका छन् । हालै मात्रै आईपीओ निष्कासन गरेर नेप्सेमा सूचीकृत भएको यो कम्पनीका लगानीकर्ताले एक साताको अवधिमा ६१ प्रतिशतसम्म आम्दानी गरेका छन् ।
यस्तै सान्भी इनर्जीका लगानीकर्ताले ५४ प्रतिशत आर्जन गरे । समता घरेलुका लगानीकर्ताहरुबाट पनि १५ प्रतिशत , सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले ११ प्रतिशत र हिमालयन डिष्टिलरीका लगानीकर्ताहरुले १० प्रतिशत आर्जन गरे ।
यसैगरी सिक्लेस र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले ९/९ प्रतिशत , माइखोला हाइड्रो पावरका र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले ८/८ प्रतिशतले आम्दानी गरेका छन् ।
