बिहीबार, असार ११,२०८३ 01:38:21
Bizshala
  • बिहीबार, असार ११,२०८३ 01:38:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आइजीन विवादमा सिडिएससीको पक्षमा लगानीकर्ता, अर्थमन्त्रीलाई भेटेर दिए यस्ता सुझाव

Laxmi Sunrise Bank Limited
आइजीन विवादमा सिडिएससीको पक्षमा लगानीकर्ता, अर्थमन्त्रीलाई भेटेर दिए यस्ता सुझाव

काठमाण्डौ । लगानीकर्ताहरुको एक समूहले सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटी सिडिएससीले अगाडि बढाएको आइजीन सम्बन्धी निर्देशिका कार्यान्वयन गर्न सुझाव दिएको छ ।  

निजी क्षेत्रका केही संगठन तथा केही उर्जा उत्पादकहरुले सिडिएससीको आइजीनसम्बन्धी निर्देशिका कार्यान्वयन गर्न नहुने धारणा राखिरहेको बेला नेपाल शेयर बजार लगानीकर्ता संघले भने अर्थमन्त्रीलाई भेटेर सिडिएससीको समर्थन गर्दै बजारलाई थप व्यवस्थित र पारदर्शी बनाउनका लागि निर्देशिका कार्यान्वयनमा हुुनुपर्नेमा जोड दिएको हो । 

New Office
CG Motors
Garima Development Bank

'सीडीएससीद्वारा जारी गरिएको निर्देशिकाअनुसार हकप्रद, बोनस र साधारण शेयर(आईपीओ)का लागि छुट्टाछुट्टै आइजीन नम्बर अविलम्ब लागू गरी बजारलाई थप व्यवस्थित र पारदर्शी बनाइयोस् ।' संघले अर्थमन्त्रीलाई बुझाएको सुझावपत्रमा भनिएको छ-'नेपाल स्टक एक्सचेञ्जको प्रणालीगत तथा प्राविधिक सुधारका कामहरू तत्काल सुरु गरी लगानीकर्ताले भोग्नुपरेका समस्याहरूको अन्त्य गरियोस् । नेपाल धितोपत्र बोर्डलगायत पूँजीबजारसँग सम्बन्धित सबै नियामक निकायहरूलाई एउटै छातामुनि ल्याई एकीकृतरूपमा संरचनात्मक सुधारको प्रक्रिया अगाडि बढाउनुपर्ने, जसले नीतिगत समन्वय र प्रभावकारी नियमन सुनिश्चित गर्नेछ।'

संघका उपाध्यक्ष इञ्जिनियर भगवानबहादुर राउतको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले पूँजीबजारको दिगो विकास र विस्तारका लागि लगानीकर्तामैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएको थियो ।  

छलफलका क्रममा संघका महासचिव रविन कँडेलले लगानीकर्ताको हित संरक्षणका लागि बलियो पूर्वाधारको सुदृढीकरण, बजारको विकासका लागि गतिशील एवम् सकारात्मक निर्णयहरूको कार्यान्वयन तथा नीतिगत स्थिरता आवश्यक रहेको कुरा प्रष्ट्याए । उनले बजारलाई आधुनिक र विश्वसनीय बनाउन गरिनुपर्ने सुधारका कार्यहरूमा ढिलाइ गर्न नहुने धारणा राखे ।  

त्यसैगरी, संघका कार्यसमिति सदस्य सुदर्शन गौतमले पूँजीबजारसँग सम्बन्धित विविध विषयहरूमा आफ्नो धारणा प्रस्तुत गरेका थिए । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

भेटघाटमा उपस्थित संघका पदाधिकारी तथा सदस्यहरूले पनि छलफलमा सक्रियतापूर्वक भाग लिँदै बजारका समस्या र समाधानका उपायहरूबारे आफ्ना विचारहरू राखेका थिए ।  

के भने अर्थमन्त्रीले ?

लगानीकर्ता संघका धारणाहरू ध्यानपूर्वक सुनेपछि अर्थमन्त्री विष्णु पौडेलले बजारको विकास र विस्तारका लागि अर्थमन्त्रालय साँच्चिकै काम गर्न इच्छुक रहेको स्पष्ट पारे । उनले पूँजीबजारलाई देशको अर्थतन्त्रको एक महत्वपूर्ण स्तम्भको रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताए ।  

मन्त्री पौडेलले संघद्वारा प्रस्तुत गरिएका वृहत् धारणा र कार्ययोजनाबारे थप छलफल गर्न मन्त्रालय तयार रहेको बताए। “निकट भविष्यमा कुन–कुन पक्षमा कस्तो सुधार आवश्यक छ, त्यसको ठोस पहिचान गरी कार्यान्वयनमा विशेष जोड दिइनेछ। यस विषयमा तपाईंहरू विश्वस्त हुन म अनुरोध गर्दछु,“ मन्त्री पौडेलले भने ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.