शुक्रबार, श्रावण २२,२०८३ 02:29:19
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 02:29:19
Bizshala
Global IME Bank Limited

गणपति लघुवित्तको नाफामा १७९% को बढोत्तरी, खुद ब्याज आम्दानी पनि ४१% ले बढ्यो

गणपति लघुवित्तको नाफामा १७९% को बढोत्तरी, खुद ब्याज आम्दानी पनि ४१% ले बढ्यो
New Office

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो वित्तीय अवस्थामा सुधार ल्याएको छ । संस्थाले सार्वजनिक गरेको गत आवको वित्तीय विवरणअनुसार मुख्य सूचकहरुमा संस्थाले प्रगति गरेको छ । संस्थाले उक्त अवधिसम्म ४ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन रकम अघिल्लो आवको तुलनामा १७९.४९ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको चौथो त्रैमाससम्म संस्थाले १ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

संस्थाको खुद ब्याज आम्दानी ४१.७१ प्रतिशतले वृद्धि भएको छ । संस्थाले १७ करोड २७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।  

संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी भने घटेको छ । संस्थाले ८ लाख ४१ हजार रुपैयाँबराबरको खुद शुल्क तथा कमिशन आम्दानी गरेको छ । जुन अघिल्लो आवमा ६२ लाख ६१ हजार रुपैयाँ थियो । यस्तै संस्थाको खुद सञ्चालन आम्दानी १९ करोड ८७ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवमा १४ करोड ४४ लाख रुपैयाँमा सीमित थियो ।  

यस्तै संस्थाले ६ करोड ७ लाख रुपैयाँबराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ । संस्थाको निक्षप संकलन र कर्जा प्रवाह द्ुवै बढेको छ । निक्षेप संकलन ४७ करोड ४४ लाख रुपैयाँबाट बढेर ५० करोड ३७ लाख रुपैयाँ पुगेको छ ।  

कर्जा प्रवाह पनि २ अर्ब ५ करोडबाट बढेर २ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवमा १५ लाख ३५ हजार रुपैयाँले ऋणात्मक रहेको संस्थाको रिटेन्ड अर्निङ २ करोड ६४ लाख रुपैयाँले धनात्मक बनेको छ । संस्थाको रिजर्भमा ९ करोड ९ लाख रुपैयाँ सञ्चित छ । यस्तै संस्थाको वितरणयोग्य मुनाफा २ करोड ६४ लाख रुपैयाँ रहेको छ ।  

संस्थाको खराब कर्जा अनुपात ५.८४ प्रतिशतबाट घटेर ४.५१ प्रतिशतमा झरेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) २८.०४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७७.४५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७६०.३६ रुपैयाँ,मूल्य आम्दानी अनुपात ५८.६६ गुणा र तरलता अनुपात ११.७९ प्रतिशत कायम भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.