• आईतवार, भाद्र २९,२०८२ 08:27:43
Global IME Bank Limited

एआईको माध्यमबाट सेयर तालिम भन्दै ठगी, कनेक्ट आईपीएसबाट ७१ हजार गायब

Hyundai Nepal
एआईको माध्यमबाट सेयर तालिम भन्दै ठगी, कनेक्ट आईपीएसबाट ७१ हजार गायब

काठमाण्डौ । पछिल्लो समय सेयर तालिमको नाममा आम सर्वसाधारण ठगिन थालेका छन् । सेयर बजारको माहोल बढ्दै जाँदा अनलाइन एआई सेयर तालिमको नाममा ठगीको घटना बढ्न थालेको हो ।  

ह्याकरहरुले पछिल्लो सयम सेयर कारोबारीहरुलाई निसाना बनाउन थलेका छन् । कीर्तिपुर नगरपालिका वडा नम्बर ८ बस्ने धर्मेन्द्र महर्जन यसको सिकार भएका छन् । पेसाले इलेक्ट्रिक व्यापारी समेत रहेका धर्मेन्द्रको ह्याकरले कनेक्ट आइपीएसमार्फत बैंक खातामा रहेको ७१ हजार रुपैयाँ चोरी गर्न सफल भएको हो ।  

महर्जनले फेसबुकमा ‘आफ्नो ल्यापटप तथा कम्प्युटरबाट नेप्से मार्केटमा एआईको सहायताले किनबेच गर्न सिक्नुहोस्’ भन्ने विज्ञापन देखे । उक्त बिज्ञापनमा एआइको सहायताले नेप्सेको सबै जानकारी लिन तथा नेप्से चार्टको सम्पुर्ण जानकारी तथा सर्ट टर्म र लङ टर्म सेयर कारोबार गर्न सिकाउने भन्दै लेखिएको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै विज्ञापनमा नेप्से मिट एआई इन्सटल गर्न म्यासेज गर्न भनिएको थियो । धमेन्द्रले भने यस्तो बिज्ञापन देखेपछि सेयर कारोबार गर्न सजिलो हुने ठानेर त्यसलाई इन्स्टल गर्ने निधो गरे । ‘ मैले यो जेन्युन साइट होला ठानेर त्यो लिंकमा क्लिक गरे । यो एप इन्स्टल गर्ने बित्तिकै डाउनलोड हुने रहेछ । तर इन्स्टल भएको भने देखिदैन, ’ महर्जनले भने ।  

उक्त एपमा छिर्ने बित्तिकै ह्याकरले सम्पूर्ण कम्प्युटर सिस्टममा छिरेर जिमेलको पासवर्ड पनि ह्याक गरेर २ वटा बैंक खातामा रहेको ७१ हजार रुपैयाँ कनेक्ट आईपीएसमार्फत ट्रान्सफर गरेको महर्जनले जानकारी दिए । ह्याकरले उनको एउटा बैंक खाताबाट ५४ हजार  र अर्को खाताबाट १७ हजार गरेर कुल ७१ हजार रुपैयाँ केही मिनेटमा नै चोर्न सफल भयो ।  

‘ह्याकरले जिमेलको पासवर्ड ह्याक गरेर जिमेल मार्फत ओटीपी नम्बर लिएर कनेक्ट आईपीएस मार्फत पैसा लगेको हो,’ उनले भने । आफू ठगिएको थाहा पाएपछि महर्जन तुरुन्तै सम्बन्धित बैंक र साइबर ब्यूरोमा उजुरी पनि दिएको बताए । 

महर्जनले आफू ठगिएता पनि लगानीकर्ताहरुलाई त्यस्ता फिसिङ लिंकमा नजोडिन सल्लाह दिन्छन् । उनले आफूले सेयर कारोबार गर्ने कम्प्युटरमा सकेसम्म ह्वाट्स एप , इन्स्टाग्राम र तथा समाजिक सञ्जालहरु इन्स्टल नर्गन पनि सुझाए ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.