शुक्रबार, श्रावण ८,२०८३ 06:30:12
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 06:30:12
Bizshala
Global IME Bank Limited

जीवन बीमा कम्पनीहरुले भित्र्याए पौने २ खर्ब प्रिमियम, सबैको व्यवसाय वृद्धि

जीवन बीमा कम्पनीहरुले भित्र्याए पौने २ खर्ब प्रिमियम, सबैको व्यवसाय वृद्धि
New Office

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको व्यवसाय १६.०५ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुले पौने २ खर्ब प्रिमियम भित्र्याउन सफल भएका छन् ।  

प्राधिकरणका अनुसार आव २०८१–८२ मा जीवन बीमकहरुले १ खर्ब ८१ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ प्रिमियम भित्र्याएका छन् । जुन यो आव २०८०–८१ को तुलनामा १६ प्रतिशत बढी हो । उक्त आवमा जीवन बीमकहरुले १ खर्ब ५६ अर्ब ३३ करोड १४ लाख रुपैयाँ प्रिमियम भित्र्याएका थिए ।  

गत आवमा सबै जीवन बीमा कम्पनीहरुले व्यवसाय उल्लेख्य बढेको छ । गत आवको अन्त्यसम्म सबैभन्दा बढी प्रिमियम भित्र्याउनेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले गत आवमा ४८ अर्ब ३ करोड ८० लाख रुपैयाँ प्रिमियम भित्र्याएको छ, जुन यो जीवन बीमकहरुको कुल व्यवसायको २६।४७ प्रतिशत हिस्सा हो ।  

त्यस्तै, नेशनल लाइफले २२ अर्ब ४२ करोड, एलआइसी नेपालले १९ अर्ब ९२ करोड, हिमालयन लाइफले १७ अर्ब ६६ करोड, सूर्यज्योति लाइफले ११ अर्ब १८ करोड, एशियन लाइफले १० अर्ब २४ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ८५ करोड, सिटिजन लाइफले ७ अर्ब ५१ करोड, सानिमा रिलायन्स लाइफले ७ अर्ब ६९ लाख, मेट लाइफले ६ अर्ब २५ करोड, आइएमई लाइफले ६ अर्ब २५ करोड, प्रभु महालक्ष्मी लाइफले ५ अर्ब ३७ करोड, रिलायबल नेपाल लाइफले ५ अर्ब २८ करोड र सन नेपाल लाइफले ५ अ र्ब ४५ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।  

अघिल्लो आवको तुलनामा गत आवमा सबैभन्दा बढी व्यवसाय वृद्धि गर्ने कम्पनीमा भने सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले २८.८० प्रतिशतले व्यवसाय बढाएको छ ।

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.