मंगलवार, माघ २०,२०८२ 05:34:24
Bizshala
  • मंगलवार, माघ २०,२०८२ 05:34:25
Bizshala
Global IME Bank Limited
Bizshala

लगानीकर्ताद्वारा आईजीनसम्बन्धी नयाँ व्यवस्था कार्यान्वयनको माग, जथाभावी आईपीओ र हकप्रद स्वीकृत नगर्न आग्रह

लगानीकर्ताद्वारा आईजीनसम्बन्धी नयाँ व्यवस्था कार्यान्वयनको माग, जथाभावी आईपीओ र हकप्रद स्वीकृत नगर्न आग्रह
Shivam Cement

काठमाण्डौ । पूँजीबजारमा क्रियाशील पाँचवटा लगानीकर्ताका संगठनले संयुक्त विज्ञप्ति जारी गरी अन्तराष्टिय धितोपत्र पहिचान नम्बर(आइजीन नम्बर) सम्बन्धी निर्देशिकाको स्वागत गरेका छन् ।  

उनीहरुले कतिपय संस्थापक सेयरधनीहरुले लकइन अवधि नखुल्दै हालको 'सन्देहपूर्ण' आइजीनको व्यवस्थाको दुरुपयोग गर्दै उच्च मूल्यमा सेयर बिक्री गर्ने प्रवृति मौलाएको र यसले सर्वसाधारणको लगानी जोखिममा पारेको भन्दै सिडिएस एण्ड क्लियरिंग लिमीटेडले अगाडि बढाएको आईजीन सम्बन्धी निर्देशिकाको मस्यौदा बिलम्ब नगरी स्वीकृत गर्न धितोपत्र बोर्डलाई आग्रह समेत गरेका छन् । 

Bizshala
Garima Development Bank
New Office

जनरल इन्भेष्टर एसोसिएसन, नेपाल सेयरधनी संघ, साधारण लगानीकर्ता संघ नेपाल, नेपाल धितोपत्र लगानीकर्ता संघ र नेपाल सेयर बजार लगानीकर्ता संघले बुधबार बिहान संयुक्त विज्ञप्तिमार्फत यस्तो आग्रह गरेका हुन् ।  

'अहिले केही कम्पनीका संस्थापक लगानीकर्ताले कर्मचारीको मिलेमतोमा एउटै आईजीन नम्बरको गलत प्रयोग गरी कम्पनीको संस्थापक सेयर, सर्वसाधारण सेयरमा परिणत नहुँदै दोश्रो बजारमा उच्च मूल्यमा बिक्री गर्दै आएको भन्ने विभिन्न सञ्चारमाध्यमबाट थाहा हुन आएकोले यसको तत्काल छानबिन गरी दोषीमाथि कानून बमोजिम कारबाही गर्नका लागि हामी जोडदार माग गर्दछौं ।' विज्ञप्तिमा भनिएको छः'साथै यस प्रकारणका गलत क्रियाकलाप रोक्नका लागि दुईवटा आईजीन नम्बर प्रयोग गर्नु स्वागतयोग्य कदम भएको र  निश्चित अवधिपछि नियमअनुसार उक्त दुईवटा आईजीन नम्बर समायोजन गर्ने नीतिगत व्यवस्था हुन लागेकोमा हामी स्वागत गर्न चाहन्छौं ।'  

उनीहरुले आईजीन नम्बर सम्बन्धी लागू हुने तयारीमा रहेको व्यवस्थालाई 'दूरदर्शी' कदमको संज्ञा दिंदै यसले पूँजीबजारलाई थप पारदर्शी, स्थिर र विश्वसनीय बनाउने विश्वास समेत व्यक्त गरेका छन् । 

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

साथै लगानीकर्ताहरुले कुनै पनि कम्पनीको आईपीओ, हकप्रद सेयर आउनुभन्दा अगाडि कम्पनीको सुशासन, जोखिम बहन गर्ने क्षमता, पारदर्शिता, व्यवस्थापन एवम् कम्पनीको व्यवसायिक योजनाको अध्ययन गरेर मात्र आईपीओ र राइट सेयर स्वीकृत गर्ने व्यवस्था गर्न समेत माग गरेका छन् ।  

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.