IME remit
  • शुक्रबार, श्रावण ३०,२०८२ 11:07:26
IME remit
Global IME Bank Limited

वित्त खर्च बढेसँगै अपि पावरको नाफामा गिरावट

Hyundai Nepal
वित्त खर्च बढेसँगै अपि पावरको नाफामा गिरावट
Shivam Cement

काठमाण्डौ । वित्त खर्च बढेसँगै अपि पावर कम्पनी लिमिटेडको नाफामा कमी आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ४२ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४.६९ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ४४ करोड ४७ लाख खुद नाफा आर्जन गरेको थियो ।    

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत १ अर्ब ३६ करोड रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा २८.३१ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत १ अर्ब ६ करोड रुपैयाँ खुद आम्दानी गरेको थियो । कम्पनीले यो अवधिसम्म २ करोड २ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले जम्मा ९० लाख ८० हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीको प्रशासनिक खर्च ४ करोड ७ लाख, बिक्री÷वितरण खर्च २८ करोड २७ लाख , ह्रासकट्टी खर्च ४२ करोड ११ लाख र वित्त खर्च ५८ करोड १६ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा भने कम्पनीको वित्त खर्च ४९ करोड ३५ लाख थियो । यस्तै कम्पनीको वित्त आम्दानी २० लाख ५९ हजार रहेको छ ।    

६ अर्ब ७ करोड रुपैयाँ  चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति ८० करोड ३२ लाख र कुल चालु दायित्व १ अर्ब ३४ करोड रुपेयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) घटेको छ । अघिल्लो आवमा ८.०२ रुपैयाँ रहेको ईपीएस ७.०४ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १११.०७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४२.०२ गुणा र तरलता अनुपात ०.६० प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.