आईतवार, फाल्गुन ११,२०८१ 03:20:11
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 03:20:11
IME remit
Global IME Bank Limited

विवादै विवादमा तानिएको स्काईवर्थ ईभीसिक्स कारले सुरक्षा टेस्टमा पायो सिंगल स्टार मात्रै

Hyundai Nepal
विवादै विवादमा तानिएको स्काईवर्थ ईभीसिक्स कारले सुरक्षा टेस्टमा पायो सिंगल स्टार मात्रै
Nabil Bank Limited

काठमाण्डौ । चिनीया अटो निर्माता कम्पनी स्काईवर्थ अटोको ‘स्काईवर्थ ईभीसिक्स(स्काईवेल ईटी५,इम्पेरियम एसईभी र इलारिस बीईओ नामले समेत परिचित) विद्युतीय कारले सुरक्षा तथा क्रयास टेस्टमा सिंगल स्टार मात्रै प्राप्त गरेको छ ।  

चीनको सी–एनसीएपी सेफ्टी तथा क्रयास टेस्टमा यो कारले खराब प्रदर्शन गर्दै सिंगल स्टार मात्रै स्टार पाएको हो । यो कारको परिणाम किन यति धेरै कमजोर रह्यो ? के यो कार चलाउन खतराजनक छ ? 

Shivam Cement
CG Motors
Sagarmatha Cement

स्काईवर्थ ईभीसिक्सका बारेमा  

स्काईवर्थ ईभीसिक्स कार विवादै विवादले भरिएको कार हो । यो कारका साना–साना विषय पनि प्रश्नको घेरामा बाधिएका छन् ।  

यो एउटा एनईभी ब्राण्ड हो । जुन बस निर्माता कम्पनी नानजिङ गोल्डेन ड्रागन बस र इलेक्ट्रिक जायन्ट स्काईवर्थको ज्वाइन्ट भेन्चर हो । सव्रप्रथम यो ईभी ब्राण्ड ‘स्काईवेल’को नामअन्तर्गत लञ्च भएको थियो । यो ब्राण्डअन्तर्गत निर्माण भएको पहिलो कार स्काईवेल ईटीफाइच हो । त्यपश्चात यो ब्राण्डलाई अचानक स्काईवर्थ अटोको नाम दिइयो । र स्काईवेल ईटीफाइभको नाम पनि स्काईवर्थ ईभीसिक्समा परिणत गरियो ।  

यद्यपी विदेशी बजारमा भने यो कारको अन्य थुप्रै नामहरु समेत छन् । यो कारलाई टर्की र युएई लगायतका देशमा ईटीफाइभ,जर्मनीमा ईलारिस बीईओ र अमेरिका र क्यानडामा ईमेरियम एसईभीको नामले चिनिन्छ ।  

यो कार ४६९८/१९०८/१६९६ एमएम भएको मध्यम आकारको एसयुभी कार हो । यसको ह्विल बेसको आकार २८०० एमएम रहेको छ । यो कारको फ्रन्ट एक्सलमा १५० किलोवाटको इलेक्ट्रिक मोटर प्रदान गरिएको छ । जसले २०४ एचपी र ३२० एनएम पाव् जेनेरेट गर्ने क्षमता राख्छ । ब्याट्री प्याकमा तीनवटा अप्सन दिइएको छ ।  

इन्ट्री लेभलका लागि ५२ किलोवाट आवरको ब्याट्री र ४०२ किमीको एनईडीसी रेञ्ज दिइएको छ । यस्तै मिड लेभलका लागि ७२ किलोवाट आवर ब्याट्री प्याक र ५२० किमीको एनईडीसी रेञ्ज दिइएको छ ।  

त्यस्तै टप लेभलका लागि ८६ किलोवाट आवर ब्याट्री प्याक र ६२० किमीको सीएलटीसी रेञ्ज दिइएको छ ।  

यसको मूल्य रेञ्ज २१ हजार ७०० डलरदेखि ४१ हजार ४५० डलरसम्म तोकिएको छ । मूल्य हेर्दा यो कार सस्तो कार भने होइन । विदेशी बजारमा यो कारले सेमी–लक्जरी कारका रुपमा आफ्नो स्थान कायम गरेको छ ।  

स्काईवर्थ ईभीसिक्सको क्रयास टेस्ट रिजल्ट  

सी–एनसीएपी ‘चाइना अटोमोटिभ टेक्नोलोजी एण्ड रिसर्च सेन्टर(क्याटआर्क) अन्तर्गत सन् २००६ मा सुरुवात भएको ‘सेफ्टी एण्ड क्रयास पफर्मेन्स यास्यास्मेन्ट प्रोग्राम’ हो । यसले सवारी साधनहरुको सुरक्षा मापदण्ड र क्रयास टेस्ट गर्ने गर्छ । अहिले सी–एनसीएपी,युरो एनसीएपी प्रोग्रामसँग नजिक रहेको छ ।  

सी–एनसीएपी टेस्टमा सवारी साधनको सुरक्षालाई ० देखि १०० प्रतिशतसम्म मापन वा मूल्यांकन गर्ने गरिन्छ । मूल्यांकनलाई सरल तरिकाले बुझनका लागि यस्तो प्रतिशतलाई स्टारमा परिणत गरिन्छ ।  

सी– एनसीएपीमा सवारीको प्यासेन्जर क्षमता,जोखिमपूर्ण सडक प्रयोगकर्ता र सुरक्षा सहायता कार्य जस्ता परीक्षण गर्ने गरिन्छ । सी– एनसीएपीले ३१ हजार ५६० डलर मूल्य भएको स्काई वर्थ ईभीसिक्स ५२० स्मार्ट भर्जनलाई परीक्षण गरेको थियो । केहि महत्वपूर्ण स्वचालित सवारी प्रविधिको परीक्षण गर्नुपर्ने आवश्यक भएकाले सी–एनसीएपीले परीक्षणका लागि स्काईवर्थईभीसिक्स ५२० स्मार्ट भर्जनलाई रोजेको थियो ।  

सवारी साधनमा रहेका यात्रुको सुरक्षामा स्काईवर्थ ईभीले ३८.५ प्रतिशत अंक प्राप्त गरेको छ । यद्यपी यसको अघिल्लो भागको क्रयासको प्रभाव भने त्यति नराम्रो छैन । अघिल्लो भागको फुल विथ ब्यारियर क्रयासमा ईभीसिक्सले कुल २४ अंकमा १३ अंक प्राप्त गरेको छ ।  डिफर्मेबल ब्यारियर क्रयासमा भने २४ अंकमा १६ अंक प्राप्त गरेको छ ।  

स्काईवर्थ ईभीसिक्सको ए–पिप्ललमा समस्या नभएपनि यात्रुलाई भने केहि चोट लागेको थियो । तर स्लाइड(छेउ) क्रयासमा भने कारले एकदमै कम अंक प्राप्त गरेको छ । स्लाइट क्रयासका क्रममा बी–पिल्लर क्याबिनभन्दा टाढा गएको थियो । जसका कारण कारलाई कुल १६ अंकमा शुन्य अंक दिइएको थियो ।  

जोखिमयुक्त सडक प्रयोगकर्ता परीक्षणमा स्काईवर्थ सिक्सले ६१.५ प्रतिशत अंक प्राप्त गरेको छ । जसलाई नराम्रो मान्न भने सकिदैन । तर कारको सेफ्टी असिस्टेन्ट फंसन अर्को कमजोरीको रुपमा देखिएको छ । कएईबी,एलकेए र अन्य प्रणालीको कमजोर प्रदर्शनका कारण सेफ्टी असिस्टेन्ट फंसनमा कारले जम्मा ३० प्रतिशत अंक प्राप्त गरेको छ ।  

समग्रमा हेर्दा यो कार सुरक्षाका दृष्टिकोणले खतरापूर्ण देखिएको छ । यसको स्वचालित सवारी प्रणाली आउटडेटेड भइसकेको छ र यसको बडीले जोडको क्रयासलाई धान्न नसक्ने देखिएको छ । सी–एनसीएपीको रेटिङले स्काईवर्थ सिक्स अटोले धेरै होमवर्क गर्न बाँकी रहेको देखाएको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.