आईतवार, भाद्र ८,२०८२ 01:24:53
  • आईतवार, भाद्र ८,२०८२ 01:24:53
Global IME Bank Limited

पिपुल्स पावरले ३.९१ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने

Hyundai Nepal
पिपुल्स पावरले ३.९१ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने
Shivam Cement

काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले करिब ४ लाख कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत असार २२ गतेदेखि साउन २६ गतेसम्म १.०.५० अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ३ लाख ९१ हजार ७७९ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।  

कम्पनीले यही भदौ १५ गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुलाउने भएको छ । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

लगानीकर्ताले प्रभु क्यापिटलको कमलादीस्थित कार्यालय, र प्रभु बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, हेटौँडा,पोखरा, बुटवल सुर्खेत र धनगढी शाखा कार्यालयहरुबाट आवेदन पेश गर्न सक्नेछन् ।  

लगानीकर्ताले भदौ २२ गतेसम्म बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.