शुक्रबार, भाद्र २०,२०८२ 11:40:28
  • शुक्रबार, भाद्र २०,२०८२ 11:40:28
Global IME Bank Limited

नेपाल पुनर्बीमा कम्पनीको नाफा सामान्य बढ्यो, बीमाशुल्क आर्जन ७.११ अर्ब

Hyundai Nepal
नेपाल पुनर्बीमा कम्पनीको नाफा सामान्य बढ्यो, बीमाशुल्क आर्जन ७.११ अर्ब
Shivam Cement

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले गत आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार कम्पनीले तेस्रो त्रैमाससम्ममा ५४ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६.२९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ५१ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  

समीक्षा अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन समेत बढेको छ । कम्पनीले तेस्रो त्रैमाससम्म ७ अर्ब ११ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३८.१३ प्रतिशतले बढी हो । कम्पनीको कुल आम्दानी पनि ६ अर्ब ५३ करोडबाट बढेर ८ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले यो अवधिसम्म ५ अर्ब १७ करोड रुपैयाँबराबर खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ३ अर्ब ६३ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।  

कम्पनीको कुल खर्च पनि ३४.३५ प्रतिशतले बढेर ७ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीको कुल खर्च ५ अर्ब ७९ करोड रुपैयाँ थियो ।  

कम्पनीको महाविपत्ती कोषको आकार ३७ करोड ८८ लाख र स्पेशल रिजर्भको आकार ४ अर्ब ६७ करोड रुपैयाँबराबर रहेको छ । कम्पनीको जगेडा कोषमा ७४ करोड ३७ लाख रुपैयाँ सञ्चित छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)५.४५ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १४७.१५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २५८.१२ रुपैयाँ र पिई अनुपात २३९.५५ गुणा कायम भएको छ । 

IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.