आईतवार, भाद्र २२,२०८२ 08:12:18
  • आईतवार, भाद्र २२,२०८२ 08:12:18
Global IME Bank Limited

दराज नेपालद्वारा ९.९ दशैँ धमाका – ‘बडा दशैं, बडा तयारी’ अभियानको घोषणा

Hyundai Nepal
दराज नेपालद्वारा ९.९ दशैँ धमाका – ‘बडा दशैं, बडा तयारी’ अभियानको घोषणा
Shivam Cement

काठमाण्डौ । अनलाइन किनमेल प्लेटफर्म दराज नेपाललेले आफ्नो बहुप्रतिक्षित वार्षिक अभियान ९.९ दशैँ धमाका – ‘बडा दशैं, बडा तयारी’ सुरु गरेको घोषणा गरेको छ । यस वर्षको दशैँ धमाका र दराजको वार्षिकोत्सव सँगसँगै परेको छ । यस कारण पनि दराज नेपालले यो वर्षको ९.९ दशैँ धमाका, ‘बडा दशैं, बडा तयारी’का माध्यमबाट उपभोक्ताहरूको दशैं किनमेल अनुभवलाई अझ विशेष, रोमाञ्चक र लाभदायी बनाउने लक्ष्य लिएको छ ।  

भदौ २४ गतेदेखि असोज ७, २०८३ (सेप्टेम्बर ९ – २३, २०२५) सम्म चल्ने यो सेलमार्फत उपभोक्ताहरूले ७५ प्रतिशतसम्मको छुट, निःशुल्क डेलिभरी र रु. १ लाखभन्दा बढीको खरिदमा रु. १० हजारसम्मका फ्ल्याट भौचरहरू प्राप्त गर्न सक्नेछन् ।

यस वर्षको दशैँलाई अझ भव्य बनाउने उद्देश्यका साथ दराजले आफ्ना प्लेटिनम पार्टनरहरू सेताफिल, एईविबी, एंकर, यूनिलिभर, होनासा, गायत्री गु्रप, न्यूलाइट, रोह्टो, मसलब्लेज र ब्राण्डहाउस मार्फत ७० प्रतिशतसम्म छुट उपलब्ध गराउने छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

गोल्ड पार्टनरहरू मारिको, डा.शेठ्स, ग्रिन लाइफ एक्स्पेरियन्स र मामिपोकोका तर्फबाट ६० प्रतिशतसम्म छुट उपलब्ध हुनेछन् भनेसिल्भर पार्टनरहरू न्यानो, ट्रिकाया र फ्यानटेकले ४० प्रतिशतसम्म छुट उपलब्ध गराइने ब्यवस्था मिलाइएको जानकारी दिइएको छ । यसका अतिरिक्त भ्यान्स, कन्भर्स, एर्के, लोट्टो, पोषिलो फुड्स, ब्रिल्एर, अस्टाबेरी र अलेवा लगायत ५० भन्दा बढी अग्रणी ब्रान्डहरूमा ५० प्रतिशत भन्दा बढी छुट उपलब्ध गराइनेछ ।  

यसले उपभोक्तालाई दशैँको तयारीका लागि आवश्यक हरेक सामग्रीदेखि फेशन र जीवनशैली लगायतका उत्पादनसम्म सबथोक एकैपटक एकै स्थानमा सहजै किन्ने अवसर प्रदान गर्ने उद्देश्य दराजले लिएको छ ।  

दशैँ धमाका अन्तर्गत दराजले सातओटा प्रमुख बैंकहरूसँग सहकार्य गरी प्रिपेमेन्ट छुट पनि उपलब्ध गराउने जानकारी दिएको छ । यस अन्तर्गत क्रेडिट कार्ड प्रयोगकर्ताले १५% छुट (रु. १,५०० सम्म) र डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत छुट (रु. १,००० सम्म) पाउनेछन् । यस अभियानमा सहभागी बैंकहरूमा नबिल बैंक, हिमालयन बैंक, सानिमा बैंक, प्रभु बैंक, ज्याति बिकास बैंक, महालक्ष्मी बिकास बैंक र गरिमा बिकास बैंक रहेका छन् ।

अभियान अवधिभर,उपभोक्ताहरु माझ लोकप्रिय निःशुल्क डेलिभरी सुविधा पनि यथावत रहनेछ । न्यूनतम रु. ४९९ को खरिद गर्दा छानिएका उत्पादनहरूमा डेलिभरी निःशुल्क हुने कम्पनीले जानकारी दिएको छ । यसका लागि ग्राहकहरूले दराज एपको होमपेजमा रहेको फ्रि डेलिभरीब्यानरमा क्लिक गरी भौचर संकलन गर्नु पर्ने हुन्छ ।  

दराजको दशैँ धमाका अभियान केवल छुट र अफरमा मात्र सीमित छैन । उपभोक्ताहरूलाई सहज भुक्तानी, फास्ट डेलिभरी, विश्वासिलो रिटर्न प्रणालीसहित पृथक तथा अविस्मरणीय किनमेल अनुभव प्रदान गर्न पनि दराज प्रतिबद्ध देखिन्छ । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.