बुधबार, श्रावण ६,२०८३ 07:34:24
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 07:34:24
Bizshala
Global IME Bank Limited

कनेक्ट आईपीएसको पर्वलक्षित शुभयात्रा अफरः फ्लाइट र बस टिकटमा क्यासब्याक र माउन्टेन फ्लाइट

कनेक्ट आईपीएसको पर्वलक्षित शुभयात्रा अफरः फ्लाइट र बस टिकटमा क्यासब्याक र माउन्टेन फ्लाइट
New Office

काठमाण्डौ । कनेक्ट आईपीएसले यस वर्षको चाडपर्वलाई लक्षित गरी अफर सार्वजनिक गरेको छ ।  

कम्पनीले चाडपर्वको समयलाई लक्षित गर्दै फ्लाइट तथा बस टिकटको भुक्तानी कनेक्ट आईपीएसबाट गर्दा आकर्षक शुभलाभ अफर सार्वजनिक गरेको हो । 

यो अफरअन्तर्गत विभिन्न एयरलाइन्सको फ्लाइट तथा बस सेवाको टिकटको भुक्तानी कनेक्ट आईपीएसमार्फत गर्दा भाद्र २२ गतेदेखि असोज १८ गतेसम्म आकर्षक क्यासब्याक तथा छुट पाउन सकिन्छ । क्यासब्याक अफर बुद्ध एयर प्रा.लि, एयरलाइन्स प्रा.लि., यति एयरलाइन्स प्रा.लि. र बस सेवा ट्राभल एण्ड टुरको टिकट भुक्तानीमा उपलब्ध रहेको छ ।

बुद्ध एयरको फ्लाइट खरिद गरेर कनेक्ट आइपीएसबाट भुक्तानी गर्दा ग्राहकहरुले रु १०१ क्यासब्याकका साथै ५ लक्की जोडीलाई माउन्टेन फ्लाईट जित्ने मौका पाउनसक्ने कम्पनीले उल्लेख गरेको छ ।  

त्यस्तै, श्री एयरलाइन्सको फ्लाइट टिकटको भुक्तानी कनेक्ट आइपीएसबाट गर्दा रु ५०१ क्यासब्याक प्राप्त गर्न सकिन्छ । साथै यति एयरलाइन्सको फ्लाइट टिकट भुक्तानीमा “थ्त्ऋक्ष्एक्घण्ण्”प्रोमो कोड प्रयोग गरेर रु ३०० एयरलाइन्सको छुटसँगै १० लक्की जोडीले माउन्टेन फ्लाईट जित्ने मौका प्राप्त गर्न सक्नेछन्।  

त्यस्तै, बस सेवाबाट टिकट काटेर कनेक्ट आइपीएसमार्फत भुक्तानी गर्ने पहिलो १००० ग्राहकहरुले रु ५१ क्यासब्याक प्राप्त गर्नेछन् । यी अफरहरुमा प्रतिबैंक खातामा एकपटक मात्र क्यासब्याक प्राप्त हुनेछ ।  

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.