मंगलवार, भाद्र २४,२०८२ 04:25:25
  • मंगलवार, भाद्र २४,२०८२ 04:25:25
Global IME Bank Limited

रवि लामिछानेबाट आफ्ना सांसदलाई राजीनामाका लागि तयार रहन निर्देशन

जेनजीलाई भनेः 'तस्करले दिएका हातको घडी खोस्नुहोला, बन्द गरेका फाइलको धूलो टकटक्याउनुहोला'

Hyundai Nepal
रवि लामिछानेबाट आफ्ना सांसदलाई राजीनामाका लागि तयार रहन निर्देशन
Shivam Cement

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हाल नक्खु कारागार, ललितपुरमा छन्। उनले कारागारबाटै आजको जेनजी आन्दोलनको घटनाप्रति आफ्नो गहिरो चिन्ता व्यक्त गर्दै चार प्रमुख माग राखेका छन्:

१) Gen Z सहितको अन्तरिम नागरिक सरकार गठन, २) ०४६ सालपछि भएका सबै नीतिगत निर्णयको समीक्षा र उच्च पदस्थ तथा परिवारको सम्पत्तिको छानबिन, ३) संविधान संशोधन वा पुनर्लेखनका लागि विज्ञको उच्चस्तरीय समिति गठन, ४) आजको हत्याकाण्डको न्यायिक छानबिन।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

रवि लामिछानेले भदौ २३ गतेको आन्दोलनमा १९ भन्दा बढी विद्यार्थीको रगत बगेको र सयौँ घाइते भएको घटनालाई ‘कुशासन र भ्रष्टाचारका नाइके’को क्रूरता भएको बताएका छन्। उनले भनेका छन्, “आततायीलाई अब एक मिनेट पनि सत्तामा रहन दिन सकिन्न। यो सरकार आफ्नै अपराधबाट तर्सिएर बनेको छ र इतिहासकै कलंकित बनेर सकिएको छ।”

सभापति लामिछानेले सबै Gen Z शहीदका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। साथै, उनले आन्दोलनलाई शान्तिपूर्ण तर निर्णायक रूपमा अघि बढाउन सबैलाई संयमित रहन आह्वान गरेका छन्।

उनको सन्देशमा भनिएको छ, “मेरो हातमा हत्कडी लागेको भए पनि, तपाईंहरूले अपराधीको घडी खोस्न सक्नुहुन्छ। यो क्रान्ति केवल दोषीलाई दण्डित गर्न मात्र होइन, देश बदल्ने तहमा पुग्नुपर्छ।”

'पार्टी सभापति रवि लामिछानेको सन्देश"

वि.सं. २०८२ भदौ २३

ने.सं. ११४५ ञंलागा पारु

हार्दिक अपिल

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरू,

आज भदौ २३ गते कुशासन र भ्रष्टाचारका नाइकेहरुले १९ भन्दा बढी कलिला विद्यार्थीको रगत पिए र सयौँलाई घाइते बनाए।  

यी आततायीहरुलाई अब कुनै माफी दिन सकिँदैन, न अब बाँकी एक मिनेट पनि यिनलाई सत्तामा झेल्न सकिन्छ ।  

आफ्नै बिन्दास संसारमा रमाउने उमेर का Gen Z लाई सडकमा आउन कसले बाध्य पाऱ्यो? यिनै आततायीका सनक, कुशासन र भ्रष्टाचारले । यिनीहरु अयोग्य, भ्रष्ट मात्र होइन अत्यन्त क्रुर पनि छन् भन्ने तथ्य स्कुले पोशाक लगाएका ती निर्दोष, निरपराध र अबोध बालबालिकालाई के थाहा? सिपालु सिकारीले चरा मारेझैँ यिनीहरुले कलिला केटाकेटीहरुलाई ताकि-ताकि गोली हानेर मारे।  

म स्तब्ध र विक्षिप्त भएको छु, यो नेपाली इतिहासको सबैभन्दा कालो दिन हो ।  

Gen Z र सिंगो देशलाइ मेरो अपिल छ, अब आततायीहरुलाई एक मिनेट पनि सत्तामा रहन दिनुहुन्न ।

यिनीहरुकै वर्चस्व रहेको संसदसँग पनि अब जनादेशको वैधता छैन । आफ्नै अपराधबाट तर्सिएर बनेको र तर्साएर जोगाएको यो सरकार इतिहासकै कलंकित बनेर सकिएको छ ।  

कालकोठरीबाट भएपनि जिम्मेवार राजनीतिक नेताका रूपमा यो विषम परिस्थितिमा मैले देशलाई केही समाधान सुझाउनैपर्छ।  

ती यस्ता छन् :  

१) सकेसम्म छिटो Gen Z सहितको अन्तरिम नागरिक सरकार गठन होस् ।  

२) ०४६ सालपछिका सबै नीतिगत निर्णयको समीक्षा होस् । त्यसयताका सबै उच्चपदस्थ र तीनका परिवारको सम्पत्तिको छानबिन गर्ने गरी आयोग गठन  होस् ।  

३) आगामी संसदबाट अनुमोदन हुने गरी संविधान संशोधन, परिमार्जन वा पुर्नलेखन लागि विज्ञहरुको उच्चस्तरीय समिति बनोस् ।  

४) आजको हत्याकाण्डको छानबिनका लागि न्यायिक आयोग बनोस् र त्यसले प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मका अपराधहरुको अनुसन्धान गरोस् ।

यी आततायीलाई अझै यो देश लुट्न र जनताका सन्तानको हत्या गर्न दिन सकिन्न । देशलाई ३८ वर्षसम्म  लुटेका यिनको अनुहार अब त निर्दोष, निरपराध र अबोध केटाकेटीका रगतले समेत राताम्य भइसकेको छ । यिनीहरु शासन होइन, दण्डका भागेदार हुन् ।  

सबै Gen Z शहिदका परिवारप्रति मेरो हार्दिक समवेदना छ। सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। इतिहासले एक दिन यो बलिदानको हिसाब र न्याय खोज्नेछ ।

देश आन्दोलन होइन, क्रान्तिमा प्रवेश गर्दैछ भनेर हामीले शान्तिपूर्ण रुपमा उपस्थिति जनाएका थियौँ। यिनले सुनेनन् , टेरेनन् बरु उल्टो नागरिक आवाज बन्द गर्नतिर लागे । अझै पनि  क्रान्तिलाई संयमित र शान्तिपूर्ण बनाउन सकिन्छ र म सबैलाई संयमित हुन हार्दिक अपिल गर्दछु । यो क्रान्ति केवल यी आततायीहरुलाई दण्डित गर्न मात्र होइन, देश बदल्ने तहमा पुग्नुपर्छ । नत्र Gen Z को बलिदान खेर जानेछ । मेरो हातमा हत्कडी लागे पनि तपाईँहरुका हातले यिनका हातबाट तस्करले दिएको घडी खोस्नुहोला । यिनले जोगाएका आफ्ना पार्टीका अपराधीहरू र यिनले बन्द गरेका फाइलहरूको धुलो टक्टक्याउनु होला। गृह मन्त्रालयको एउटा दराजमा मैले अनुसन्धान गर्ने भनी संसदमा प्रण गरेको २५ वटा काण्डको लिस्ट छ। खोज्नु होला, खोस्नु होला। नबिर्सनु होला, ममाथि लागेका सबै मुद्दाहरु रमेश लेखक गृहमन्त्री भएपछि मात्रका हुन् ।  

प्रिय रास्वपाका सांसदहरू,

उल्लेखित मागहरू पूरा नभए संसदबाट राजीनामा दिन पर्ने हुनसक्छ। तयार रहनुहोला।

रवि लामिछाने

सभापति

नक्खु कारागार, ललितपुर

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.