काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आफ्नो पदबाट राजीनामा दिएका छन्।
देशको पछिल्लो राजनीतिक परिस्थितिले सरकारमा रहन सक्ने अवस्था नरहेको भन्दै उनले राजीनामा दिएको जनाइएको छ।
यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिने संकेत गरिसकेका छन्। कांग्रेस नेता शेखर कोइरालाले आफ्ना निकट मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।